site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

कर्णाली प्रदेशको सरकारलाई नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालको संविधानको धारा १८८ अनुसार प्रदेश सभाबाट विश्वासको मत लिने निर्णय गरे । उनको निर्णय राजनीतिकरूपमा सही भए पनि रणनीतिकरूपमा निकै जोखिमपूर्ण थियो । 
 
यद्यपि, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लाई विपक्षी नेपाली कांग्रेसले समर्थन गर्नेसमेत निश्चित थिएन । कांग्रेसको समर्थनबाट मात्र पनि विश्वासको मत पारित हुने सङ्ख्या पुग्दैनथियो । तर, पार्टीको निर्देशन नमानी एमालेकै चार जना प्रदेश सभा सदस्यले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएपछि सरकार जोगियो । 
 
अर्थात्, फेरि एकपटक राजनीति सम्भावनाको खेल प्रमाणित भएको छ । कर्णाली प्रदेश सभामा शुकवार भएको ‘फ्लोर क्रस’ अनपेक्षित लागे पनि अनौठो घटना होइन । केही दिन पहिले पार्टीको निर्देशनविपरीत माओवादी केन्द्रबाट प्रतिनिधि सभामा निर्वाचित केही सदस्य एमालेमा सामेल भएको घटना प्रकारान्तरले दोहोरिएको  न हो । 
 
कर्णाली प्रदेश सभाको ‘फ्लोर क्रस’को घटनालाई एकातिर एमालेभित्रको असन्तोषको विस्फोट र विद्रोहका रूपमा हेरिएको देखिन्छ भने अर्कातिर यसले संसदीय पद्धति विफल हुने डर देखाइएको छ ।तर, यस्ता घटनाबाट सम्बन्धित दलका नेताले पाठ सिक्ने र पार्टीलाई निजी सम्पत्ति ठान्नुको सट्टा सामूहिक भावनाबाट सञ्चालन गर्ने हो भने  सकारात्मक प्रभाव पनि पर्नसक्छ । यसैले कर्णालीको घटनालाई धेरै नकारात्मकरुपमा लिनुपर्ने देखिँदैन ।
 
नेपालको राजनीतिक दलका नेताहरूले बढी नै निरङ्कुश अभ्यास गर्ने गरेका छन् । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको प्रतिनिधि सभा विघटनदेखि असन्तुष्ट नेताहरूको निलम्वनसम्मका अभ्यास यस्तै निरङ्कुशताको उदाहरण हुन् । यसैले एमालेबाटै नेताको निरङ्कुशताविरुद्ध विद्रोह सुरु भएको हो भने यस घटनाले दीर्घककालीनरूपमा लोकतान्त्रिक अभ्यासमा सहयोग नै हुनेछ । 
 
कर्णाली प्रदेश सभामा प्रमुख विपक्ष नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिएको छ । सामान्यतः यो संसदीय राजनीतिक परम्पराअनुरुप देखिँदैन । तर, कांग्रेस एमालेको विपक्षमा मत दिएर लोकतन्त्रको पक्षमा उभिएको छ । यसैले राजनीतिकरूपमा कांग्रेसको निर्णय सही नै देखिन्छ । 
 
कर्णालीले राजनीतिक ध्रुवीकरणको सङ्केत गरेको छ । गण्डकीमा कांग्रेस र माओवादी केन्द्र मिलेर प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइसकेका छन् । लुम्बिनी प्रदेशमा पनि कांग्रेस र माओवादी मिलेर एमालेको सरकार हटाउने गृहकार्य सुरु गरिएको समाचार सार्वजनिक भइसकेको छ । अर्थात्, अबको केही समय राजनीतिक तरलता बढ्नेछ ।
 
प्रतिनिधि सभा विघटनको निर्णय बदर हुनेबित्तिकै नैतिक जिम्मेवारी लिएर प्रधानमन्त्री ओलीले राजीनामा दिएका भए राजनीतिक अन्योलको सहज र स्वाभाविक अन्त्य हुनेथियो । अहिले पनि एमाले प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल हो । यसैले संसदीय दलको नेतृत्व फेरेर एमालेले सरकार जोगाउन खोज्नु उपयुक्त हुनेदेखिन्छ । बाहिर देखिने बहुमतको अहङ्कार सानै झट्कामा ध्वस्त हुनुक्छ भन्ने सन्देश कर्णाली प्रदेश सभाले दिएको छ ।   
 

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८  १२:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC