बाह्रखरी
sticky  ncell
देश प्रतिक्रिया दिनुहोस्
आत्महत्या गर्न नदीमा हामफालेका बिन गुरुङलाई मलामीले बचाए
बाह्रखरी - शुक्रबार, वैशाख ३, २०७८
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

काठमाडौं । बर्दियामा आत्महत्या गर्न नदीमा हामफालेका एकजनालाई मलामीले बचाएका छन् । बर्दिया मधुबन नगरपालिका– बस्ने ३५ वर्षीय बिन गुरुङलाई मलामीले बताएका हुन ।

प्रहरीका अनुसार उनले कुसुम्बाघाट स्थित झोलुङगे पुलबाट कुसुम्बा नदीमा हामफाली आत्महत्या गर्न खोजेका थिए । उनले हामफालेपछि सोही स्थानमा रहेका मलामीहरुले गुरुङको उद्धार गरेका थिए ।

उनलाई उपचारका लागि शिक्षण अस्पताल नेपालगंज पठाईएको छ । प्रहरीका अनुसार गुरुङको अवस्था गम्भीर छ । उनको बाँया खुट्टा भाँचिएको र मानसिक रोगी समेत भएको बताइएको छ । 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शुक्रबार, वैशाख ३, २०७८ मा प्रकाशित
Dishhome
Dishhome
प्रतिक्रिया दिनुहोस्