बाह्रखरी
भर्खरै
sticky  ncell
अर्थ व्यवसाय प्रतिक्रिया दिनुहोस्
गभर्नरले क्यूआर कोडबाट भेटी चढाएर सुरु गरे वागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा सुरु
बाह्रखरी - शुक्रबार, वैशाख ३, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपालगञ्जको वागेश्वरी मन्दिरमा क्यु.आर. कोड सेवा सुरु गरेको छ ।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले मन्दिरमा क्यु.आर. कोडमार्फत भेटी चढाई उक्त सेवाको सुरुवात गरेका हुन् ।

Rohto Landing

Agani Group

कार्यक्रममा गभर्नर अधिकारीले यस्तो प्रणालीले कारोबारमा पारदर्शिता ल्याउने बताए । उनले क्यु.आर. कोड सेवा अत्यन्त सरल र सुरक्षित रहेको बताए । “यो सेवाको प्रयोगबाट नयाँ नोटको छपाईका लागि हरेक वर्ष देशबाट बाहिरिने ठुलो धनराशी कटौती हुन्छ” उनले भने ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले मन्दिरमा आधुनिक प्रणालीमा आधारित क्यु.आर.कोड सेवा सुरु गरेकोमा माछापुच्छ्रे बैंकलाई धन्यवाद दिए ।

sarbottam cement

माछापुच्छ्रे बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले बागेश्वरी मन्दिरमा सुरु गरिएको क्युआर कोड सेवाले डिजिटल कारोबारलाई हरेक तह र तप्कासम्म पुर्याउने माछापुच्छ्रे बैंकको अभियानमा मद्दत पुग्ने बताए । 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शुक्रबार, वैशाख ३, २०७८ मा प्रकाशित
Dishhome
Dishhome
प्रतिक्रिया दिनुहोस्