site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा शुक्रबार दुईजनाको मृत्यु भएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा बाँकेको नेपालगन्ज घर भई काठमाडौंको पुतलीसडक बस्ने सूर्य ओली र भोजपुरको चौकीडाडा गाउँपालिका घर भई पुतलीसडक बस्दै आएका सुमन गिरी रहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

अरनिको राजमार्गमा सल्लाघारीबाट सूर्यविनायकतर्फ जाँदै गरेको प्रदेश नम्बर–३–०२–०११ प ८२५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । प्रहरीका अनुसार सीसीटीभी क्यामेरामा मोटरसाइकल अनियन्त्रित भई सडक किनाराको बारमा ठोक्किएको देखिएको छ ।

उनीहरु दुवै मोटरसाइकलमा सवार थिए । प्रहरीका अनुसार उक्त मोटरसाइकललाई अन्य कुनै सवारी–साधनले ठक्कर दिई अनियन्त्रित भएर दुर्घटना भएको हो वा तीव्र गतिको कारण आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो भन्नेबारे अनुसन्धान भइरहेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  १४:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC