site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रुरु हाइड्रोको आईपीओ बाँडफाँड
Ghorahi CementGhorahi Cement

काठमाडौं । रुरु जलविद्युत् परियोजनाले सर्वसाधारणका लागि जारी गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान रुरु जलविद्युत् परियोजनाले निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीले गत चैत २० गतेदेखि सर्वसाधारणका लागि खुला गरेको आईपीओमा १६ लाख ८३ हजार १२१ आवेदकबाट दुई दुई करोड ३५ लाख ४६ हजार ४४० रुपैयाँ कित्ताको लागि आवेदन परेको थियो । आवेदन दिएका मध्येबाट योग्य कायम भएका १५ लाख ९० हजार ८९६ आवेदकलाई गोलाप्रथामा समावेश गरेर सेयर बाँडफाँड भएको छ ।

Agni Group

योग्य आवेदकमध्ये गोलाप्रथाबाट ३७ हजार ९१६ लगानीकर्ताले १० कित्ताका दरले सेयर पाएको एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले जानकारी दिए । रीतपूर्वक आवेदन दिएका मध्ये पनि १५ लाख ५२ हजार बढीको हात खाली भएको छ ।

प्रिमियम मूल्यमा सेयर निष्कासन गरेको कम्पनीले अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता १२० रुपैयाँमा सेयर बिक्री गरिएको थियो । कम्पनीले चार लाख सात हजार ७०६ कित्ता आईपीओ सर्वसाधारणका लागि खुला गरेको थियो । यसमध्ये आठ हजार १५४ कित्ता कम्पनीका कर्मचारीलाई र २० हजार ३८५ कित्ता सामूहिक लगानी कोषलाई छुट्ट्याएको थियो ।

Global Ime bank

यसअघि, गत फागुन ७ गतेदेखि आयोजना प्रभावित स्थानीयवासीको लागि चार लाख सात हजार ७०५ कित्ता सेयर निष्कासन गरेको थियो । आईपीओको नतिजा मेरो सेयर, सीडीएसले आईपीओ नतिजाको लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  १२:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC