site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
हाम्रो लक्ष्य उपाधि : कप्तान मल्ल 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण नेपालले करिब १४ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्दैछ । 

नेपालले शनिबारबाट त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्दै छ । तीन देश सञ्चालित प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सँग खेल्दैछ । 

प्रतियोगितामा नेपालसहित मलेसिया र नेदरल्यान्ड्सको सहभागिता रहेको छ । लामो समयपछि प्रतियोगितामा सहभागिता जनाउन लागेको नेपाललाई घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने चुनौती छ । जसका लागि आफूहरु तयार भएको राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

“घरेलु मैदानमा हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्श गर्नु हाम्रो मुख्य लक्ष्य हो । घरेलु प्रतियोगितामा सहभागिता जनाएका खेलाडीका लागि अन्तराष्ट्रिय प्रतियोगिताले केही निखारता ल्याउने छ । त्यसै कारण यो प्रतियोगिता सबैका लागि महत्वपूर्ण छ,” कप्तान मल्लले भने । 

नेपालले लामो समयदेखि भोग्दै आएको ब्याटिङको समस्या यो प्रतियोगितामा देख्नुनपर्ने कप्तान मल्ल बताउँछन् । उनले सकेसम्म ब्याटिङ लाइनलाई बलियो बनाउने आफूहरूको मुख्य योजना भएको बताए । 

Global Ime bank

“ब्याटिङमा नेपाली टोलीको पहिले देखि समस्या देखि रहेको छ । यसमा हामी धेरै पटक चुकेका छौं । अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता जनाउँदा हामीलाई केही असहज भने हुन्छ नै ।  पछिल्लो समय घरेलु प्रतियोगितामा खेलाडीले ब्याटिङमा देखाएको निखारताले पक्कै राम्रो म्यासेज जान्छ,” मल्लले भने । 

मल्लले ओपनिङमा आसिफ, कुसलको सम्भावनालाई बताए । आफूसँगै कुन खेलाडी आउने भन्ने अहिले नै तय नभएको बताए । उनले आफू पनि आउने या नआउने भन्ने कुरा अहिले नै आकलन गर्न नसकिने बताए । 

“अहिले नै ओपनरहरुको पाटोलाई तय गर्न सकिएको छैन । म, कुसल र आसिफ मुख्य रोजाइमा छौं । हेरौँ प्रशिक्षकले के रोल दिनु हुनेछ,” मल्लले भने । मल्ल मलेसिया र नेदरल्यान्ड्स दुबै टोलीसँगको प्रदर्शलाई लिएर सजक छन् । 

नेदरल्यान्ड र नेपालको हालसम्मको नतिजा हेर्ने हो भने नेपालले नेदरल्यान्डसँग ८ खेल खेलेको छ । जसमा नेपालले दुई खेलमा मात्र जित हात पार्न सकेको छ । यता मलेसिया पनि पछिल्लो समय बलियो टोलीको रुपमा प्रस्तुत छ । 

मल्लले ग्लोबल छनोटका लागि अहिले देखिनै टिमको रणनीति बनाइरहेको बताए । अहिलेबाट गरेको तयारीले टिमलाई सबै प्रदर्शनले सहज बनाउने उनी बताउँछन् । 

अबको लक्ष्य सन् २०२२ को टी–ट्वान्टी विश्वकप भएकाले त्यसैकै लागि आफूहरूले तयारी गरि रहेको उनले बताए । 

“हाम्रो अबको लक्ष्य सन् २०२२ मा अष्ट्रेलियामा हुने टी–ट्वान्टी विश्वकपमा सहभागिता जनाउनु हो । त्यसका लागि नेपालले ग्लोबल छनोट खेल्नेछ । उक्त छनोटका लागि अहिले देखि नै रणनिति बनाइ रहेका छौं । तयारी पनि त्यही हिसावमा छ,” मल्लले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  ११:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC