site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आगोसँग पौठेजोरी खेलेर बाँचेकी अल्पना (भिडियो स्टोरी)
तस्बिर : हरिशजंग क्षेत्री
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपालमा बर्सेनि ५० हजार जना आगोले जलेर घाइते हुने गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार सबैभन्दा धेरै आगोले पोलेका र त्यसपछि अन्य तापयुक्त वस्तुले पोलेर घाइते हुने गरेका छन् । 

यीमध्ये शरीरको ४० प्रतिशतभन्दा बढी भाग जलेका अधिकांश व्यक्तिहरुको मृत्यु हुने गरेको छ । जलेको भागमा हुने गरेको संक्रमणका कारण शरीरको ४० प्रतिशतभन्दा बढी भाग जलेका अधिकांश बिरामीको मृत्यु हुने गरेको छ । 

नेपालमा जलेका बिरामीको उपचारका लागि सरकारी तवरबाट अहिलेसम्म छुट्टै अस्पताल छैन । निजी क्षेत्रमा पनि कीर्तिपुर अस्पताल र सुष्मा कोइराला मेमोरियल अस्पतालमा जलेका बिरामीको उपचार हुँदै आएको छ । 

Agni Group

कीर्तिपुर अस्पतालमा मात्रै दैनिक २३–४२ जना जलेका बिरामी आउने गरेको पछिल्लो तथ्यांक छ । जलेका बिरामीका लागि अस्पतालले निःशुल्क टोल फ्रि नम्बर १६६००१५१००० को व्यवस्था गरेको छ । यो नम्बरमा सम्पर्क गर्नेहरुलाई अस्पतालले प्राथमिक उपचारका उपायहरु र अस्पताल सेवाको बारेमासमेत जानकारी गराउने गरेको छ । 

तर, टाढा–टाढाबाट बिरामी अस्पतालसम्म आइपुग्दा ढिलो हुने गरेको र निको बनाउन  कठिन हुने गरेको अस्पतालका वरिष्ठ प्लाष्टिक सर्जन डा. शंकरमान राई बताउँछन् । 

Global Ime bank

“सबैभन्दा राम्रो उपाय जल्नबाट बच्नु नै हो । तर, यदि कसैलाई आगोले पोलेमा स्वास्थ्य केन्द्रसम्म नपुगेसम्म जलेको भाग पानीले भिजाइरहनु, घाइतेलाई जीवनजल पानी खुवाउनु नै प्राथमिक उपचार हो,” डा. राई भन्छन् । 

नेपालमा छाला बैंक र छालादानको अवधारणा अघि सारिए पनि ७ वर्षमा २८ जनाले मात्रै दान गरेको तथ्यांक छ । अन्य देशमा छालाको उपचारका लागि कल्चर, बनावटी छाला प्रत्यारोपणजस्ता विधि अपनाइन्छ । 

तर, यो उपचार विधि महंगो भएकाले नेपालमा जलेका बिरामीको उपचार जटिल भएको डा. राई बताउँछन् । 

राईका अनुसार सिल्भर ड्रेसिङ, जसले चारदिनसम्म जलेको भागलाई सुरक्षित राख्नसक्छ । यो पनि महंगो उपचार पद्धति हो ।

त्यसैले अहिलेसम्म घाइते स्वयम् र परिवारका सदस्य या आफन्तबाट छाला प्रत्यारोपण गर्नु नै नेपालको प्रमुख उपचार पद्धति भएको डा. राईको अनुभव छ । 

आगोले जलेकै कारण दुवै हात गुमाउन पुगेकी एक घाइते हुन्, कैलाली घोडाघोडीकी २७ वर्षीया अल्पना चौधरी । चौधरीले बाह्रखरी संवाददाता अस्मिता रिजालसँग गरेको कुराकानीलाई यसरी भिडियोमा प्रस्तुत् गरिएको छ ।  

भिडियो : हरिशजंग क्षेत्री
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  ०९:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC