site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
जस्टिन बिबर ज्युँदै छन् कि छैनन् थाहा पाउन नाडी छाम्ने गर्छन् उनका गार्डहरु
Sarbottam CementSarbottam Cement

सीएनएन । क्यानेडियन गायक जस्टिन बिबरले आफू कसरी एक बदमास बच्चाबाट सुध्रिएको चरित्रमा परिर्वतन भएँ भन्नेबारे प्रष्ट पारेका छन् । सीक्यू म्यागजीनलाई दिएको अन्तर्वार्तामा २७ वर्षिय गायक बिबरले लागुऔषधको लतमा फसेकोदेखि श्रीमती हेली बाल्डविन र क्रिसचियन धर्मसँगको सम्बन्ध विकासको बारेमा पनि बताएको सीएनएनले उल्लेख गरेको छ ।
 
“मेरो साथमा मैले माया गर्ने मेरी श्रीमती छिन्, जसले मलाई सहज महसुस गराउँछिन् । मलाई लाग्छ प्रभुसँग मेरो सम्बन्ध उत्कृष्ट छ । मसँग यस्तो प्रेम छ जुन म मानिसमाझ बाँड्न चाहान्छु, तपाईंलाई थाहा छ ?”

उनी पछिल्लो केही वर्षमा यति नमज्जाले लागुऔषध दृव्र्यसनीमा फसे, बिबर ज्युँदै छन् कि छैनन् भनेर जाँच गर्न राति उनका गार्डहरु उनी सुतिरहेको बेला नाडी छाम्न आउँथे ।
 
“मैले यी सबै सफलता पाएको थिएँ । तर, पनि म दुःखमा र पीडामा छु जस्तो लागिरहन्थ्यो । मेरा अझै नसुल्झिएका मुद्दाहरु छन् । म सोचिरहन्थेँ सफलताले सबैकुरा ठीक गर्नेछ । लागुऔषध नै मेरो कदममा रोकावट बनिरहेको थियो ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले आफ्नो पहिलो सोलो गीत ‘वान टाइम’ सन् २००९ मा ल्याएका थिए, जुनबेला उनी मात्रै १५ वर्षका थिए । त्यसको केही वर्षमै उनी ग्लोबल स्टार बने । सन् २०१८ को नोभेम्बरमा उनले हेली बाल्डविनसँग विवाह गरेको बताएका थिए । त्यसको अर्को वर्ष नै उनले मानसिक स्वास्थ्यलाई ध्यान दिन संगीतबाट केही समय टाढा बस्ने निर्णय सुनाए । 

अन्तरवार्तामा उनले यी संघर्षका दिनहरु र रोगको बारेमा पनि कुरा गरेका छन् । बीबरले उनको छैठौं एल्बम ‘जस्टिस’ यही मार्चमा सार्वजनिक भएको हो । सीएनएन

Global Ime bank

    
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  ०६:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC