site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आइतबारदेखि विद्यालय बन्द गर्ने तयारी 
Sarbottam CementSarbottam Cement

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गर्न लगातार अनुरोध गरेपछि अति प्रभावित जिल्लामध्येको एक काठमाडौँको शिक्षा विभागले आइतबारदेखि विद्यालय बन्द गर्ने तयारी गरेको छ ।

त्यसका लागि शुक्रबार नोटिस जारी गर्ने तयारी छ ।

विद्यालय बन्द गर्ने कि खोल्नेबारे भोलि मात्रै थाहा हुने काठमाडौँ महानगरपालिका अन्तर्गत शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले बाह्रखरीलाई बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

कोभिड १९ ले १४ जिल्ला अति प्रभावित भएको र त्यसमा पनि बालबालिकाको संक्रमित दर बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न आज पुनः आग्रह गरिसकेको छ । 

मन्त्रालयले अतिप्रभावित सहरी क्षेत्रका विद्यालय बन्द नभए लकडाउन गरिने चुनौती समेत दिइसकेको छ ।

Global Ime bank

अभिभावक संघहरु विद्यालय बन्द गर्नुपर्छ र संस्थागत विद्यालयका प्रतिनिधि विद्यालय खोल्नुपर्छ भन्ने दुवै प्रकारका प्रतिक्रिया आएकाले एक प्रकारको नोटिस जारी गरिने उनले बताए । 

प्रमुख सुवेदीले भने, “स्वास्थ्य संवेदनशील विषय हो । यसलाई सबैले प्राथमिकतामा राखेका छौँ । परिस्थितिअनुसार निर्णय गर्छौँ ।”

तर महानगरका प्रवक्ता ईश्वरमान डंगोल भने शिक्षा मन्त्रालयले विद्यालयबारे सीसीएमसीमा रिपोर्ट पठाइसकेको र त्यो मन्त्रिपरिषद्मा सो विवरण भोलि प्रस्तुत गरेपछि मन्त्रिपरिषद्को निर्णय आएपछि विद्यालय समितिको बैठक बसेर विद्यालय बन्द या खुल्ला गर्नेबारे निर्णय गर्ने बताए । भोलि बिहान ९ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

यता अभिभावक संघका अध्यक्ष केशव पुरी राज्यको गैरजिम्मेवारपनाले आम नागरिक पिल्सिनु परेको सुनाउँछन् । उनले भने, “स्वास्थ्य मन्त्रालयले दोहो¥याई तेह¥याई विद्यालय बन्द गर्न सिफारिस गरिरहँदा पनि सरकार केही निर्णय लिन सक्दैन । सरकार कसलाई फाइदा पु¥याउन चाहन्छ, म बुझ्न सक्दिन ।” हालको अवस्थामा स्वास्थ्य मन्त्रालय भरपर्दो माध्यम भएकाले उसले जारी गरेको सूचनालाई शिक्षा मन्त्रालय र सरकारले गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ छ ।

ललितपुरको शिक्षा विभागले भने अभिभावक संघसँग आज छलफल गरेको र कोभिड १९ लागेका विद्यालय मात्र बन्द गर्ने कि भन्नेबारे छलफल भएको अध्यक्ष पुरीले सुनाए । 

यस्तै, उनले सीमा नाका खुला रहने, भारतबाट आउने नागरिकलाई कोभिड १९ को परिक्षण नगर्ने र सभा सम्मेलन गरिरहँदा नागरिकको ज्यान झनै जोखिममा रहेकोप्रति उनले चिन्ता व्यक्त गरे ।

एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले आफूहरु विद्यार्थीको स्वास्थ्यप्रति संवेदनशील हुँदाहुँदै स्वास्थ्य मन्त्रालयले भन्दैमा विद्यालय बन्द गर्न नसकिने बताए ।

“शिक्षा मन्त्रालय हाम्रो अभिभावक संस्था भएकोले उसले नबोलेसम्म हामीले आफूखुशी निर्णय गर्न मिल्दैन,” उनले भने, “अन्तरमन्त्रालयबीच सिफारिस हुनुप¥यो । सबैबाट एउटै निर्णय आउनुपर्यो ।” 

यस्तै, उनले विद्यालय बन्द गर्ने कि खोल्ने भन्नेमा अभिभावकबीच नै मतभेद रहेकाले विद्यालय बन्द गर्ने तर अन्य क्षेत्रमा लापारबाही गरिरहँदा कोभिड १९ नियन्त्रण नहुने बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८  २१:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC