site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आफ्नै तारिफको पुल बनाउँछन् प्रधानमन्त्री
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  वैशाख १, २०७८ का दिन बिहान ८ बजे प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गरे । सो सम्बोधनमा प्रधानमन्त्रीले देशमा सरकारले के के गर्‍यो भनेर आफ्नै तारिफका पुल बाँधे । यिनै कुरा गरेर आफ्नै तारिफका पुल उनले लामै बाँधेका थिए गत फागुन ३ गते उनको सरकारको तीनवर्ष सम्पन्न भएको उपलक्ष्यमा पनि । 

नेपालमा विकास निर्माणका कामहरू नभएका होइनन् भएका छन् । २०७२ सालको भूकम्पपछि नष्ट भएका संरचनाहरूको पुनःनिर्माणका काममा निकै प्रगति भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

रानीपोखरी र धरहरा राम्रा बनेका छन् । राजधानीको दरबार हाइस्कूलसहित देशैभर धेरै विद्यालय भवनहरू बनेका छन् । 

बाटो घाटो, पक्की र झोलुंङ्गे पुल पनि निर्माण भएका छन् । झापाको गलगलियादेखि धनगढीको गढ्ढाचौकीसम्म पुल बनेकै हुन् । तर, विकास भनेको यत्ति नै हो ? 

Global Ime bank

माथि जङ्गलमा डढेलो निभाउन सकिएको छैन तल सडकमा गाडी कुद्नु विकास हो ? गरिब जनताका छोरा विदेशमा शारीरिक मेहनत र खतरनाक काम गर्न जानुपर्ने अवस्थामा केही परिवर्तन आएको छैन तर हरेक डाँडामा भ्यु टावर उभ्याउनु विकास हो ? गाउँ गाउँमा बाँदर र बँदेलले किशानलाई बाली भित्र्याउन नदिएर मान्छे बसाईंसर्दैछन् अनि त्यो गाउँ जोड्ने झोलुङ्गे पुल बन्नु र वर्ष याममा बग्ने बाटो बनाउनु मात्र विकास हो ?

प्रस्तुत छ, विकासका सन्दर्भमा प्रधानमन्त्री र यो सरकारको बुझाइलाई लिएर तयार पारिएको कार्यक्रम ‘प्रतिवाद’


/> />  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८  १७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC