site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विना सम्झौता सञ्चालनमा रहेका ११२ पसललाई काठमाडौं महागनरले गर्‍यो सिल
Sarbottam CementSarbottam Cement

काठमाडौं । लामो समयदेखि सम्झौताविना सञ्चालन भइरहेका पुरानो बससपार्क नजिकै राष्ट्रिय सभागृहसँग जोडिएको सिटी मार्केटका ११२ ओटा पसललाई काठमाडौ‌ं महानगरपालिकाले आज सिल गरेको छ । पटक–पटक ताकेता गर्दा पनि सम्झौता नवीकरण गर्न बेवास्ता गरेपछि आज पसललाई नै सिल गर्नुपनरेको काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिए ।

‘‘लामो समयदेखि सम्झौता पनि नभएको अवस्थामा हामीले अब त्यहाँ मार्केट नचलाउने गरी हाललाई बन्द गरेका हौँ,” ज्ञवालील भने, ‘‘अब त्यसलाई भत्काएर सभागृहकै एक पार्टका रूपमा व्यवस्थित गर्छौं ।”

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौं महानगरपालिका राजश्व विभाग प्रमुख डाक्टर शिव अधिकारीले सिटी मार्केटमा व्यवसाय गर्ने व्यवसायीले २०७६ चैतसम्म व्यवसायीहरूको संघमार्फत केही बहाल बुझाए पनि त्यसपछि नबुझाएको बताए । उनले महानगरको खरिद विभागले आय ठेक्कामा लगाउने गरी सार्वजनिक सूचना प्रकाशित गर्दा समेत कुनै प्रस्ताव पेश नभएको पनि जानकारी दिए ।

Global Ime bank

नगरप्रहरी प्रमुख धनपती सापकोटाले व्यवसायीलाई पटक–पटक सूचना दिदाँ पनि पसल नहटाएपछि आज प्रहरी र नगरप्रहरीले सिल गरेको बताए । पलस सिल गर्ने क्रममा व्यापारीले विना सूचना हटाएको भन्दै हो–हल्ला गरेका थिए । प्रहरीको काममा अवरोध पुर्‍याउन खोज्ने केही पक्राउ परेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८  १७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC