site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
तामाकोसीको काममा ढिलासुस्ती अब सैह्य हुँदैन : प्रधानमन्त्री
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अपर तामाकोसीको काममा भइरहेको ढिलाइ सैह्य नहुने बताएका छन् ।

बिहीबार नापी कार्यालयबाट अनलाइन प्रणाली ‘नेलिस’ तथा ‘मेरो कित्ता’मार्फत सेवा प्रवाहको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अपर तामाकोसीको काममा अस्वाभाविक रुपमा ढिलाइ गरिएको भन्दै यस्तो ढिलासुस्ती सैह्य नहुने बताएका हुन् ।

अपर तामाकोसीको काममा दैनिक १३ करोड रुपैयाँ नोक्सान भइरहेकाले काम किन ढिलो भइरहेको छ भन्नेमा आफूले विशेष रुचि बढाउनुपर्ने आवश्यकता रहेको पनि उनले बताए । काममा ढिलासुस्ती भएमा ढिलासुस्ती गर्नेले नै त्यसको क्षतिपूर्ति व्यहोर्नुपर्ने उनले उल्लेख गरे ।

Agni Group

‘‘अत्यन्तै अस्वाभाविक ढंगले अपर तामाकोसीको काममा ढिलाइ गरिएको छ । मैले यसतर्फ विशेष ध्यान राख्नुपर्ने, रुचि बढाउनुपर्नेजस्तो देखेको छु । अपर तामाकोसीको काममा जुन ढिलासुस्ती छ, त्यो अस्वाभाविक, असाधारण छ । लगभग एक वर्षदेखि म एउटै कुरा सुनिराख्या छु, एउटा सानो मेसिन त्यहाँ जडान गर्नुछ । त्यति राख्न दिनमा प्रत्यक्ष पाँच करोड त्यसमा नोक्सान भइराख्या छ । परोक्ष भन्ने हो भने १३ करोड दैनिक नोक्सान भइराख्या छ । केही मान्छेहरुको यो ढिलासुस्ती हो या अरु केही हो त्यो हेर्नपर्ने भएको छ । यस्तो विलम्ब, ढिलासुस्ती अब सैह्य, अब मान्य हुन सक्दैन,’’ उनले भने ।

प्रधानमन्त्री ओलीले देशमा खाद्यान्नको अभाव नहुने गरी उत्पादन भएको भए पनि गलत आनिबानीका कारण खाद्यसंकट पर्ने गरेको बताए । भूमि समस्यालाई समाधान गर्न र कृषिलाई व्यावसायिक रुपमा अगाडि बढाउन सरकार लागेको उनको भनाइ थियो ।

Global Ime bank

दुई/तीन वर्षभित्रमा नेपालबाट खाद्यान्न निर्यात गर्ने गरी काम अगाडि बढाएको पनि उनले बताए । विगत वर्षहरुदेखि व्यापार असन्तुलनलाई कम गर्दै लगेको बताउँदै प्रधानमन्त्री ओलीले आगामी दिनमा व्यापार असन्तुलन हुन नदिने उल्लेख गरे ।

उनले भने, ‘‘अलिकति हाम्रो आनिबानीमा सुधार गर्नुपर्नेछ । खाद्यवस्तु हामीलाई पुग्ने गरी हाम्रो देशमा उत्पादन छ । तर, हाम्रो गलत बानीका कारणले खाद्यवस्तु हामीलाई पुगिराखेको छैन । खाद्यान्न पुग्या छैन । खाद्यसामग्री पुग्या छैन । अलिकति हाम्रा आनिबानी परिवर्तन गर्‍यौँ भने हामीलाई ती कुराहरु पनि पुग्छ,” उनले भने ।

प्रधानमन्त्री ओलीले अन्य कुराहरुमा निर्यातमा जोड दिए पनि लगानी र प्रविधि भने आयात गरिने बताए । कृषिको क्षेत्रमा आत्मनिर्भर हुनसके अन्य विभिन्न क्षेत्रमा आत्मनिर्भर हुने बाटो खुल्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले कोरोना संक्रमण बढ्दो अवस्थामा रहेकोले सजग र सचेत हुनका लागि सबैलाई आग्रहसमेत गरे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८  १६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC