site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
विकासशील राष्ट्रका आधा महिला शारीरिक ‘स्वतन्त्रता’ बाट वञ्चित छन् : अध्ययन
तस्बिर : एजेन्सी
Sarbottam CementSarbottam Cement

अलजजिरा । विकासशील देशहरूमा करिब आधा संख्यामा महिला तथा किशोरीले आफ्नो शरीरसम्बन्धी निर्णय आफैं गर्न नपाएका संयुक्त राष्ट्रसंघको एक अध्ययनले देखाएको छ । राष्ट्रसंघको जनसंख्या कोष (यूएनएफपीए)ले बुधबार अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै विकासशील राष्ट्रका महिलाहरू यौनसम्पर्क, गर्भनिरोधकको प्रयोग, स्वास्थ्य सेवा लगायतका विषयमा आफैंले निर्णय गर्न नपाएको जनाएको छ ।

अध्ययनको निष्कर्ष ‘डरलाग्दो’ रहेको भन्दै यूएनएफपीएले शारीरिक स्वतन्त्रतका कमीले महिलाहरू सुरक्षा खतरामा परेको उल्लेख गरेको छ । परिणामस्वरूप आर्थिक उत्पादनमा ह्रास आएको छ भने देशको स्वास्थ्य र न्यायीक प्रणालीमा समेत अतिरिक्त भार बढेको प्रतिवेदनमा उल्लेख छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतिवेदनमा आफ्नो शरीरसम्बन्धी निर्णय महिला आफैंले लिने अधिकार र सम्बन्धित देशको कानुनले कुन हदसम्म यो अधिकार प्रयोगमा सघाउ वा हस्तक्षेप गरेको छ भन्ने दुई विषयलाई समेटिएको छ ।

यो अध्ययन ५७ विकासशील देशमा गरिएको थियो । अध्ययनअनुसार ४५ प्रतिशत महिला यौनसम्पर्क राख्ने/नराख्ने, गर्भ  निरोधक प्रयोग गर्ने/नगर्ने जस्ता विषयमा आफैं निर्णय लिन पूर्ण रूपमा सक्षम छैनन् ।

Global Ime bank

पूर्वी र दक्षिण–पूर्वी एसियाका ७६ प्रतिशत महिला  आफ्नो शरीरको निर्णय आफैं लिन सक्षम भए पनि उप–सहारा अफ्रीका तथा मध्य र दक्षिण एसियामा यो संख्या ५० प्रतिशत भन्दा कम रहेको पाइएको छ ।

माली, नाइजर र सिनेगलमा ९० प्रतिशतभन्दा धेरै महिला आफ्नो शारीरिक स्वायत्तताबाट वन्चित रहेको यूएनएफपीएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

यसको प्रमुख कारणका रुपमा लैंगिक विभेदलाई प्रतिवेदनले औंल्याएको छ । अशिक्षीत महिलाको तुलनामा शिक्षीत महिला आफ्नो शरीरसम्बन्धी निर्णय आफैं लिन सक्षम रहेको प्रतिवेदनमा जनाइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८  १६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC