site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रुसमाथि शृंखलाबद्ध प्रतिबन्ध लगाउने तयारीमा अमेरिका
Ghorahi CementGhorahi Cement

वासिङ्टन । अमेरिकाले रुसमाथि प्रतिबन्धको एक विस्तृत शृंखला जारी गर्ने तयारी गरेको छ । स्थानीय समयानुसार छिटोमा बिहीबार सार्वजनिक गरिने भनिएको प्रतिबन्ध ३० रुसी कम्पनीप्रति लक्षित रहेको बीबीसीले जनाएको छ ।

कम्तीमा १० रुसी कूटनीतिज्ञलाई निष्कासनको तयारी समेत भइरहेको  जनाइएको छ । सन् २०२० को राष्ट्रपतिय निर्वाचनमा हस्तक्षेप गरेको र साइबर आक्रमण गरेको बदला लिन अमेरिकाले यस्तो कदम चाल्न लागेको बताइएको छ ।

Agni Group

राष्ट्रपति जो बाइडेन प्रशासनले रुबेल (रुसी मुद्रा)मा आधारित बोन्ड खरिद गर्नबाट रोक लगाउने गरी एक कार्यकारी आदेशसमेत जारी गर्ने अनुमान गरिएको छ । मंगलबार मात्र बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन संवाद गरेका थिए । संवादमा उनले अमेरिकी राष्ट्रिय हितको रक्षा गर्न मजबुतीसँग कार्य गर्ने भन्दै कुनै तेस्रो मुलुकमा दुई देशको बैठक राख्ने प्रस्ताव गरेका थिए ।

गत वर्ष अमेरिकी साइबर सुरक्षा अनुसन्धानकर्ताहरुले ‘सोलार विन्ड’ नामक सफ्टवेयर ह्याक भएको पत्ता लगाएका थिए । उक्त घटनामा रुसको संलग्नता रहेको अमेरिकी अधिकारीहरुले आरोप लगाउँदै आएका छन् । उक्त साइबर आक्रमणमा अमेरिकाको सरकारी कोष, न्याय र स्टेट डिपार्टमेन्टसहित १८ हजार कम्प्युटर नेटवर्क ह्याक भएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८  १३:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC