site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दुई दशकदेखि हेलिकोप्टर माग्दै प्रहरी, गृहको प्रस्ताव सधैँ अस्वीकृत
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । झन्डै ८० हजार जनशक्ति भएको मुलुकको प्रमुख सुरक्षा संगठनमध्येको एक हो, नेपाल प्रहरी । मुलुकका हरेक क्षेत्रमा उपस्थिति भएको नेपाल प्रहरी पछिल्लो समय आधुनिक प्रविधिमैत्री बन्दै गइरहेको छ ।

तर, शान्ति–सुरक्षा, अपराध नियन्त्रण, आपत्कालीन उद्धारलगायत सबैजसो काममा ‘फ्रन्टलाइन’मा खटिने प्रहरी संगठनसँग हेलिकोप्टर नहुँदा आपत्कालीन अवस्थामा समस्या हुँदै आएको छ ।

भौगोलिक विकटता, आपत्कालीन उद्धारमा जाँदा हेलिकोप्टरको अभावमा कतिपय अवस्था ठूलो समस्या भोग्नुपरेको प्रहरी अधिकारीहरुको गुनासो छ । नेपाल प्रहरीले दुई दशकदेखि सरकारसँग हेलिकोप्टरको माग गर्दै आएको छ । प्रहरीकै मागका गृह मन्त्रालयले पटक–पटक हेलिकोप्टरको प्रस्ताव अघि बढाए पनि अर्थ मन्त्रालयबाट सो फाइल अगाडि बढ्न नसकेको गृहका अधिकारीहरु बताउँछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

दुर्घटना, आपत्कालीन उद्धार, कतिपय अवस्थामा हुने दोहरो भिडन्तलगायतमा प्रहरी तत्कालै पुग्नुपर्ने भए पनि स्रोत–साधनको अभावमा पुग्न नसकिएको प्रहरी अधिकारीको गुनासो छ ।

नेपाल प्रहरीका पूर्वआईजीपी उपेन्द्रकान्त अर्याल कम्तीमा दुईवटा हेलिकोप्टर प्रहरीलाई आवश्यक रहेको बताउँछन् । उनले बाह्रखरीसँग भने, “अहिले अवस्थामा प्रहरीलाई हेलिकोप्टर अत्यावश्यक नै भइसकेको छ । धेरै पहिलेदेखि नै हेलिकोप्टरको माग उठिराखेकै हो । प्रहरीजस्तो आकस्मिक विषम परिस्थितिमा सेवा प्रदान गर्ने संगठनको लागि हेलिकोप्टरको महत्व सर्वविदितै छ । यसमा कुनै प्रश्नचिह्न नै उठ्दैन ।”

Global Ime bank

प्रायःजसो आईजीपीले आफ्नो कार्यकालमा हेलिकोप्टरको विषय उठाउँदै आएका छन् । उनीहरुले लिखित रुपमै पटक–पटक गृहमा प्रस्तावसमेत गरेका छन् ।

पूर्वआईजी अर्याल भन्छन्, “पटक–पटक प्रहरी हेडक्वार्टरले लिखत रुपमा हेलिकोप्टरको माग गरेको छ । बाहिरी मुलुकको अभ्यास हेर्ने हो भने पनि जनतालाई आपत्कालीन सेवा दिन पनि हवाई सेवा आवश्यक पर्छ ।”

हेलिकोप्टर खरिदका लागि गृह हुँदै अर्थ मन्त्रालयमा पटक–पटक बजेटका लागि प्रस्ताव गए पनि अर्थले प्रहरीको आवश्यकता र बाध्यतालाई बुझ्न नसकेको प्रहरी अधिकारीहरुको आरोप छ ।

पछिल्लो समय सशस्त्र प्रहरी बलले पनि हेलिकोप्टरको माग गर्दै आएको छ । सीमा सुरक्षा, विपद्मा उद्धार, शान्ति–सुरक्षालगायत महत्वपूर्ण काममा सशस्त्र प्रहरी परिचालन हुँदै आएको छ । कतिपय सीमा क्षेत्रमा भौगोलिक विकटताका कारण नियमित गस्तीमा समेत कठिनाई हुँदै आएको छ । यस्तोमा आफूहरुसँग हेलिकोप्टर हुँदा नियमित सीमा सुरक्षामा समेत सहजता आउने सशस्त्रका अधिकारीहरुको विश्वास छ ।

सेनाको हेलिकोप्टर माग्न झन्झट
मुलुकका चारवटा सुरक्षा निकायमध्ये नेपालमा सेनासँग मात्रै हेलिकोप्टर छ । कतिपय अवस्थामा नेपाल प्रहरी र सशस्त्रले भाडामा सेनाको हेलिकोप्टर प्रयोग गर्दै आएका छन् । तर, सेनाको हेलिकोप्टर प्रयोग निकै झन्झटिलो भएको उनीहरु दाबी गर्छन् ।

प्रहरीका एक अधिकारी भन्छन्, “सेनाको हेलिकोप्टर प्रयोग गर्न प्रक्रियागत समस्या छ । हामीलाई आपत्कालीन अवस्थामा हेलिकोप्टर चाहिए सुरुमा गृहलाई पत्र लेख्नुपर्छ । गृहले रक्षा मन्त्रालयलाई लेख्छ । रक्षाले सेनालाई लेख्छ । कुनै बेला यो सबै प्रक्रियामै उद्धारलगायतको कार्यमा निकै ढिलो भइसक्छ ।”

दुर्घटना, दैवी प्रकोपलगायत घटनामा प्रहरीले चाहेर पनि सकारात्मक उद्धार गर्न नसकेको प्रहरी अधिकारीको अनुभव छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८  १३:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC