site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
शाओमीले नेपालमा एमआई टीभी स्टिक लन्च गर्दै
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्मार्टफोन ब्रान्डले स्मार्ट, कम्प्याक्ट र पोर्टेबल ग्याजेट एमआई टीभी स्टिकको शुभारम्भको घोषणा गरेको छ । जसले कुनै पनि नन–स्मार्ट टीभीलाई स्मार्ट टीभीमा रुपान्तरण गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

एन्ड्रोइड टिभी ९.० द्वारा सञ्चालित एमआई टीभी स्टिकले गुगल प्लेमार्फत ५००० भन्दा माथि एप्स र गेम्सहरुको पहुँच प्रदान गर्ने जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

एक स्लिम र स्लिक डिजाइन भएको एमआई टीभी स्टिक कम्प्याक्ट र लाइटवेट डिजाइन (२८.५ ग्राम्स, ९२.४ ह ३०.४ मिलिमिटर) ले बनेको छ । प्रयोगकर्ताहरुले अब कुनै पनि टीभीमा पूर्ण एचडी रेजलुसनमा हजारौँ घण्टाको मिल्ने सामग्रीको मज्जा एमआई टीभी स्टिकलाई ३० सेकेन्डभन्दा कममा जडान गरेर लिन सक्ने कम्पनीले जनाएको छ ।

ग्याजेटमा सिनेमा जस्तो अनुभवको लागि डोल्बी र डीटीएस अडियो कम्प्रेसन टेक्नोलोजी पनि छ । यसका अतिरिक्त एमआई टीभी स्टिक क्वाड–कोर प्रोसेसरसहितको १ जीबी ¥याम र ८ जीबीको इन्टरनल स्टोरेज रहेको जनाइएको छ ।

Global Ime bank

शाओमी नेपालका जेनेरल म्यानेजर सौरभ कोठारीले यसले नन–स्मार्ट टीभी सेटहरुमा स्ट्रिमिङलाई अझ सुविधाजनक बनाउने बताए । “एमआई टीभी स्टिकको लन्चसँगै हामी उपभोक्ताहरुलाई स्मार्ट टीभी अनुभव प्रदान गर्नमा केन्द्रित छौँ । जसले ओटीटी सामाग्री उपभोग गर्नको लागि निरन्तर उपायहरु खोजिरहेका छन्,” उनले भने ।

एमआई टीभी स्टिक नेपालको अनलाइन र अफलाइन स्टोेरहरुमा पाइने र यसको मूल्य ६ हजार रहेको कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८  १३:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC