site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा एकै दिन झन्डै दुई लाखमा कोरोना संक्रमण
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा झन्डै दुई लाख व्यक्तिमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा बुधबार एक लाख ८४ हजार ३७२ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै गत वर्ष जनवरी ३ देखि बुधबारसम्म भारतमा कुल संक्रमितको संख्या एक करोड ३८ लाख ७३ हजार ८२५ पुगेको छ । भाारतमा बुधबार कोभिड–१९ संक्रमणका कारण एक हजार ३८ जनाको मृत्यु भएसँगै मृतकको संख्या एक लाख ७३ हजार १२३ पुगेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कोरोनाभाइरसको दोस्रो लहर सुरु भएको भारतमा दिन–प्रतिदिन संक्रमितको संख्या वृद्धि भइरहेको छ । पछिल्लो नौ दिनमा भारतमा हरेक दिन एक लाख बढीमा संक्रमण देखिएको छ । सबैभन्दा धेरै संक्रमित महाराष्ट्र राज्यमा भेटिएका छन् ।

कुल संक्रमितको झन्डै आधा संख्या महाराष्ट्रका रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । महाराष्ट्रपछि केरला, कर्णाटक, मध्य प्रदेश, गुजरात, राजस्थान, हरियाणा, पश्चिम बंगाल र बिहार राज्यमा धेरै संक्रमित भेटिएका छन् ।

Global Ime bank

अप्रिल १० सम्मको तथ्यांकानुसार भारतमा कोरोनाविरुद्धको १० करोड ४३ लाख ६५ हजार ३५ डोज खोप लगाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८  ११:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC