बाह्रखरी
भर्खरै
sticky  ncell
विचार प्रतिक्रिया दिनुहोस्
विचार जानेआउने वर्ष : के नयाँ के पुरानो ?  कुलचन्द्र वाग्ले
बाह्रखरी - बिहीबार, वैशाख २, २०७८
Laxmi Bank
Laxmi Bank

छ दशकभन्दा बढी जिन्दगी बिताइयो । बुझेदेखि नयाँ वर्ष आयो भनियो । नयाँ अनुभूति के गरियो र जीवनमा, अमिट छाप के रह्यो ? याद छैन । नयाँ वर्षको नाममा धेरै रमाइयो, नाचियो । भोलिपल्ट ब्युँझिएर आँखा मिच्दै हेर्दा जे हिजो बित्यो र देखियो त्यसभन्दा नयाँ वा भिन्न आज आँखामा के पर्यो र ? 

नयाँ अनुभूति मलाई कहिल्यै भएन । उही काला जुँगा फुलेर सेता बढेछन्, कपाल छपक्कै खसेछन्, बस् । दुःख, सुखका अनुभूति सँगसँगै छन् नयाँ आओस् कि पुरानो जाओस् । पुरानो लुगा फेरेजस्तो, नयाँले अर्धनो भए पनि वर्ष दिन धाने हुन्थ्यो नि ।

त्यही पनि बीचैमा च्यातिन्छ, न सिउनु न टाल्नु ? मेरो वर्ष पनि त यस्तै हो ।  

Rohto Landing

Agani Group

नयाँ वर्ष अहिले विक्रम सम्वत्को नाममा आएको छ । कहिले ख्रिष्ट र नेपाल सम्बत् । अनि कहिले लोछारको नयाँ वर्ष । कहिले माघी भएर गुज्रन्छ नयाँ वर्ष । हाम्रो जीवनमा सधैँ भनेजस्तो नयाँ वर्ष आउँछ, खुसी दिएर जान्छ । त्यतिमात्रै होइन, बिर्सनै नसक्ने पीडा पनि दिएर जान्छ, सधैँ ।  सबैलाई यही सूत्र लागू हुन्छ भन्ने छैन । खुसीमात्रै होइन, धेरैलाई दुःखको आँसु झारेर पनि बित्छ होला दिन । आजै लमजुङका नानीहरु नदीमा डुबेर जीवन बिताएको खबर आयो । तिनका बाआमा र आफन्त, साथीलाई नयाँ वर्ष कस्तो भयो ? धेरै भन्नै परेन । आफैभित्रको घाउ, अरु दुःस्वप्न, दुर्घटनाको कुराले कति दुःखाउनु ? 

हामी सधैं समीक्षा गर्छौँ बितेको वर्षको र कामना गर्छौँ शुभ नयाँ वर्षको । के प्राप्ति, के बित्यो यही हो हाम्रो नयाँ वर्षको दिनचर्या । कथित नयाँ वर्ष न नयाँ छ न पुरानो । यो त हाम्रो आयुसँग जोडिने परम्पराको निरन्तरता मात्रै हो नि । यसरी भन्दा राम्रो लाग्दैन तर सत्य यही हो । के नयाँ के पुरानो ? सत्य चाहिं नयाँ वर्ष मृत्युको नजिक जीवन सर्नुमात्र हो । भनिन्छ नि, भ्रूणदेखि नै सुरु हुन्छ मृत्युको समिप जाने यात्रा । नयाँ वर्ष एकैछिन मृत्युलाई बिर्सिएर रमाउनुबाहेक भिन्न अरु के छ र ?

sarbottam cement

जीवन त यस्तै हो तर बितेको वर्षका घटना सम्झदै समीक्षा गर्दा अब आउने दिनको सम्भावना केलाउन हामीलाई जाँगर चल्दैन, डरलाग्छ । हामीलाई लाग्छ राम्रै रामै्र होस् । विक्रम सम्वत्को २०७७ साल बित्यो र आयो रे २०७८ । यो २०७८ साल कस्तो होला त ? हामी यता सोच्ने दुःख बेहोर्न खोज्दैनौ । राम्रो मात्र चाहन्छौँ । बितेको मात्र होइन सम्भावना पनि केलाउँ त  त्यहाँ हाम्रो निर्भीक समीक्षाको क्षमता पुष्टि गर्छ, मिलेन भने कति मिलेन स्वयंको क्षमतामा सुधारको ढोका खुल्नेछ । 

अब लागौँ त्यतै २०७८ साल कस्तो होला ? गएको भनिएको वर्षको घटना सबैको पहुँचमा छ । हिजैमात्र पसेको २०७८ हाम्रो पहुँचमा छैन । किन भने आउने वर्षको सम्भावना आकलन गर्न सकिन्छ, ठोकुवा गर्न सम्भव छैन । सम्भावना केलाउनु ज्योतिषाचार्य बन्ने पनि होइन तर ‘मर्निङ् सोज द डे’ भनेजस्तो चाहिँ हो । बितेपछि घटना विवरण दिनेले दिँदै गर्लान् तर भनिएको नयाँ वर्ष कति उज्यालो लिएर भित्रियो त ? सम्भावना यही केलाउने हो । 

सम्भावना केमा केलाउने ? जुँगामा कि कपालमा ? उमेर कि दाँतमा ? वा लठ्ठीको सहारामा ? अथवा सालनालको भ्रूणमा ? जेमा पनि केलाउन सकिन्छ तर त्यो होइन । जीवन त आउँछ जान्छ । आज म, हामी थियौँ भोलि अर्को जीवन आउँछ, जान्छ, निरन्तर हो, रोकिँदैन । त्यही त भइरहेको छ । प्रलय कल्पना हो तर सम्भावना हेर्ने देशको हो, राजनीतिको हो, अर्थ र चरित्रको हो ।

शुभको हो, अशुभको होइन । सम्भावनाले अशुभ पनि त देखाउँछ नि । हामी त्यही अशुभको डिलमा छौँ । यो २०७८ को सुरु अनपेक्षित अशुभकै संकेत दिएर पसेको छ । 

कति नमिठो प्रवेश । राजनीति भन्नै परेन । कम्युनिस्टहरुको ‘नंगा नाचे हजार दाउ’ भनेजस्तो । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको नैतिक, वैधानिक र लज्जाहीन निर्वस्त्र सत्ता मोहको  वर्णन के आवश्यक रह्यो र ? कम्युनिस्ट अरु पनि के कम ? सबै लज्जा फुकाल्दै छन्, देश दुनियाँ हेर्न विवश । नेपालको दुर्दशा फुकालेको यही कम्युनिस्ट नग्न लज्जाको परिधानको पोको बोकेर विक्रम सम्वत्को २०७८ सालमा प्रवेश गरेको छ । अब केलाउँ भोलि वा आज भनिएको नयाँ वर्ष कस्तो होला, कस्तो गुज्रिएला ? 

अर्थ ? अर्थतन्त्र भ्रष्टाचारले ग्रसित छ । आफन्त झोलेको झोला भर्न देशको अर्थतन्त्र तन्नम बनाइँदै छ । विकासको नाममा, समृद्धिको नामामा नौटंकी तमासा मञ्चन अहोरात्र जारी छ । नैतिक चरित्रको कुरा ? यो त कम्युनिस्ट हुँदैदेखि टुकुचामा तीलाञ्जली बगाएकै हो । बाँकी रह्यो देश । भन्दा मुद्दा लाग्छ कि तर ‘लुट्न सके लुट्’ नै हो देश । जति लुटे पनि हुन्छ, ढाँटे पनि हुन्छ । सहन्छ देश भन्ने माटोले ।  जनता भोट तान्ने ‘भेडा’ मात्र हुन् कि नेपालको राजनीतिलाई, नेतालाई ? जनता जनार्दन त हुँदै होइनन् । 

संकेत राम्रो छैन । आएको भनिने नयाँ वर्ष थप संकट लिएर आउँदै गरेको देखिन्छ । जनताले भोगेको संकटको बयान जरुरी छैन सबैको भोगाइ हो । सरकारी स्रोतमा तर मार्नेहरुको बेग्लै कुरा, उनीहरुको दुवै हात मुखमा । बाँकी २०७८ साल देशको यस्तो संकट संकेत वर्ष हो जसले हाम्रो अस्तित्व थप तन्नम पार्नेछ । हेरौँ, यो बिहानीले देखाएको अध्याँरो यस्तै छ । बितेको भोगियो, भविष्यवाणीभन्दा पनि यो चाहिँ सम्भावना केलाइ हो । फरक परे जे बेहोर्नुपर्ला तयार तर २०७८ शुभकामना गर्दागर्दै पनि खै ? त्यो सम्भावना छैन कि ? प्रवृत्ति देखिन्छ उल्टै उल्टै । भन्न गारो बुझ्न सजिलो, बस् !             
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, वैशाख २, २०७८ मा प्रकाशित
Dishhome
Dishhome
प्रतिक्रिया दिनुहोस्