site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रेसविरुद्ध मोदीकाे युद्ध 

हालैका महिनाहरूमा प्रेस स्वतन्त्रता विरुद्ध गरिएका आक्रमणका झड्काले प्रधानमन्त्री नरेन्द्र मोदीकाे शासनमा भारतीय लाेकतन्त्रकाे अवस्था सम्बन्धमा गम्भीर प्रश्नहरू उब्जेका छन् । भारतीय प्रेसकाे जब्बर स्वतन्त्रताकाे लामाे इतिहास थियाे । तर, सन् २०१४ मा माेदीकाे शासन सुरु भएपछि त्यस अवस्थामा नाटकीय परिवर्तन भएकाे छ ।

गत जनवरीकाे अन्त्यतिर प्रहरीले नयाँ दिल्लीमा भएकाे एउटा विराेध प्रदर्शन हिंसात्मक हुन पुगेपछि त्यसकाे समाचार सम्प्रेषण गर्ने ८ जना पत्रकारविरुद्ध देश द्राेहलगायतका फाैजदारी अभियाेगमा मुद्दा दायर गरेकाे थियाे जसमा जन्मकैदसम्मकाे सजाय हुनसक्छ । मृतक प्रदर्शनकारीलाई प्रहरीले मारेकाे भन्ने पीडित परिवारकाे दाबीलाई समाचार बनाएकैमा उनीहरूमाथि मुद्दा चलाइएकाे थियाे । याे समाचार प्रकाशित भएपछि त्यसलाई उद्धृत गरेर ट्विट गरेबापत ममाथि पनि त्यही अभियाेग लगाइएकाे छ ।

छ जना पत्रकार र मलाई (कांग्रेस पार्टीबाट लोकसभा सदस्य) मृत्युसम्बन्धी तथ्यकाे गलत समाचार दिएकाे अभियाेग लगाइएकाे छ । हामीमाथि याे मुद्दा प्रधानमन्त्री माेदीकाे दल भारतीय जनता पार्टी (भाजपा) काे शासन भएका अरू चारवटा राज्यहरूमा पनि चलाइएकाे छ । यही समाचार सम्प्रेषण गरेवापत  खाेजमूलक समाचार पत्रिका द क्यारावान  का प्रकाशक, सम्पादक र कार्यकारी सम्पादकमाथि पाँचवटा राज्यमा देशद्राेहका चलाइएकाे छ भने पत्रिकाकाे ट्विटर एकाउन्ट सरकारकाे आदेशमा केही समय निलम्बन पनि गरिएकाे थियाे । 

Prabhu Bank
Agni Group
NIC Asia

यसरी मुद्दा चलाइनेमा हामीमात्र भने छैनाै । सन् २०२० मा मात्रै ६७ पत्रकार गिरफ्तार गरिएका थिए भने फ्री स्पिच कलेक्टिभले गरेकाे एउटा अध्ययनअनुसार सन् २०१४ देखि १९ सम्ममा २०० जनामाथप शारीरिक हमला भएकाे थियाे जसमा ३६ जनामाथि त २०१९ मा मात्रै आक्रमण भएकाे थियाे । उत्तर प्रदेशमा भएकाे सामूहिक बलात्कारकाे घटनाकाे समाचार सङ्कलन गर्न गएका एक जना पत्रकार छ महिना थुनामा राखिए । उनलाई १ हजार २ सय ४३ किलाेमिटर टाढा रहेकाे केरलामा सिकिस्त बिरामी आमालाई भेट्न छाेटाे समयका लागिमात्र बाहिर निस्कने अनुमति दिइएकाे थियाे । 

अर्कातिर सरकारका पक्षमा समाचार सम्प्रेषण गर्नेहरूलाई गलत, प्रचारवाजी, उत्तेजक विशेषगरी अल्पसंख्यक विराेधमा वा विपक्षी दलहरूविरुद्धमा भए बेराेकटाेक माैका दिइन्छ । मूलधारमा छापा वा टेलिभिजन माेदी सरकारका चाटुकार र चारण बनाइएका छन् । 

Global Ime bank

कुनै बेला सरकारी कार्यक्रमकाे मात्र बाहुल्य भएकाे भारतकाे श्रव्यदृश्य सञ्चार माध्यमका क्षेत्रमा अहिले कैयाैं निजी माध्यमहरू सञ्चालन आएका छन् । अहिले विभिन्न भाषामा २४ सै घन्टा समाचार दिने टेलिभिजन च्यानलमात्र सयभन्दा धेरै छन् । मेराे राज्य केरलामा मात्र क्षेत्रीय भाषा मलयालममा समाचारमात्र प्रसारण गर्ने १३ वटा च्यानल छन् ।

परन्तु, प्रतिस्पर्धाले विज्ञापनकाे राशिमा आँखा गएकाले भारतीय पत्रकारिताकाे गुणस्तर बिस्तारै खस्कँदै गएकाे छ । कुनै बेला सम्पादीय स्तर र पत्रकारिताकाे धर्ममा जाेड दिने चाैथाे अङ्ग अहिले सनसनीखेज र गालीगलाेजकाे मञ्चमा परिणत भएकाे छ । समाचारलाई बंग्याउनै पर्ने वा समाचारकाे खेती गर्नैपर्ने जस्ताे भएकाे छ । सरकार र यसका कर्ताकर्ता नभएर विपक्ष, नागरिक समाज र आलाेचक व्यक्तिहरू त्यसकाे निसानामा हुन्छन् । 

भारतकाे साक्षरता दरमा भएकाे वृद्धि, स्मार्ट फाेन र डाटा सस्ताे भएकाले अधिक भारतीयले  त्यसकाे प्रतिफल पाउन थालेका छन् र छापा माध्यमकाे वितरणका साथै सामाजिक सञ्जालकाे प्रयाेग पनि विशेषगरी युवा समूहबीच लाेकप्रिय हुनपुगेकाे छ । तर, समाचारपत्रहरूले टेलिभिजन र डिजिटल मिडियाले तय गर्ने वातावरणमा तीव्र प्रतिस्पर्धा गर्नुपर्नेमा सजग देखिएका छन् । हरेक बिहान टीभीमा समाचार हेर्ने र ह्वाटसएपमा पढ्नेहरू पाठककहाँ पुग्नुपर्ने उनीहरूलाई थाहा छ । यसैले टीभी र सामािजक सञ्जाललाई उछिन्न उनीहरूले पनि समाचार ‘ब्रेक’ नै गर्नुपर्छ भन्ने समाचारपत्रहरूले ठानेका छन् । 

यसकाे परिणाम के भयाे भने भारतीय सञ्चार माध्यम समाचार दिन उछिनपाछिन गर्ने क्रममा अन्दाजीकरणकाे सिकार हुन पुगेकाे छ । यस क्रममा सरकारी स्राेतसँग निकट हुन प्रायः जानजान चुहाइएकाे सूचना वा नियाेजित बदनामीकाे याेजनामा आफ्नाे विश्वसनीयताकाे गुमाएर सहभागी हुनपुगेकाे छ । प्रलाेभन र धम्कीकाे प्रयाेग गरेर याे सरकार र भाजपाले स्वतन्त्र प्रेसकाे तेजोवध गरेकाले सत्तारुढ दलका लागि प्रिय हुने गरेरमात्र वा सरकारका विफलताबाट ध्यान अन्यत्र लैजाने समाचार दिने अवस्था सुनिश्चित गरेकाे छ । 

भारतीय सञ्चार माध्यमले त सरकारसामु घुँडा नटेकी उसलाई उत्तरदायी बनाउनुपर्ने हाे । यस क्रममा राम्राे समाचार के हाे भने लाेकतन्त्रमा पहरेदारका रूपमा स्वतन्त्र मिडियाकाे उत्तरदायित्वका बारेमा सबैले बिर्सिसकेका छैनन् । एडिटर गिल्ड अफ इन्डियाले नयाँ नियमले प्रेस स्वतन्त्रतामा कुठाराघात गर्ने हुनाले सूचना प्रविधिसम्बन्धी नियम,२०२१ फिर्ता लिन माेदीलाई भनेकाे छ ।

लाेकतन्त्रकाे निगरानीकर्ताहरूकाे हालैका निर्णय यसका लागि कारण बन्नु भने दुःखद पक्ष हाे । फ्रिडम हाउसले भारतकाे प्रेसलाई स्वतन्त्रबाट आंशिक स्वतन्त्रकाे श्रेणीमा झारेकाे छ भने भी-डेम इन्स्टिच्युटले अहिले भारतलाई चुनावी अधिनायकवाद भन्छ । यसबाट भारतकाे लाेकतन्त्रकाे स्वास्थ्यप्रति गम्भीर चिन्ता व्यक्त भएकाे छ । फ्रिडम हाउसले लेखेकाे छ - “स‌सारकै सबैभन्दा धेरै जनसंख्या भएकाे लाेकतन्त्र भारतबाटै सरकारलाई उत्तरदायी बनाउने प्रेसकाे जिम्मेवारी हाेइन भन्ने सन्देश पठाइएकाे छ ।”

माेदी सरकारले अहिले राेजेकाे अस्त्र भने उपनिवेशकालीन राजद्राेह सम्बन्धी कानुन हुनपुगेकाे छ र आर्टिकल १४ नामक वेब साइटले प्रस्तुत गरेकाे तथ्याङ्कअनुसार माेदीकाे शासनका सात वर्षहरूमा राजद्राेहका अधिकांश मुद्दा चलाइएका छन् । उपनिवेशकाल यता खासै सुधार नभएकाे फाैजदारी न्याय प्रणालीमा मुद्दामा सजाय बिरलै हुने भए पनि थुनामा राख्ने, प्रही अनुसन्धान र अभियाेजन तथा सुनवाइजस्ता प्रक्रिया नै सजाय सरह हुन पुग्छन् ।

प्रेस स्वतन्त्रता नै अन्ततः उन्नति र स्वतन्त्रताकाे उत्तम प्रत्याभूति हाे । स्वतन्त्र समाजलाई जाेडिराख्ने माध्यम पनि हाे याे । साथै  याे महात्मा गान्धीकाे प्रख्यात भनाइजस्तै विश्वकाे हावा खुलारूपमा घरमा खेल्न दिने खुला झ्याल पनि हाे । गतिशील र स्वतन्त्र रहिआएकाे चाैथाे अङ्गलाई ध्वस्त पार्ने माेदीकाे प्रयत्न कायमै रह्याे भने सञ्चार माध्यमबाट जनताकाे विश्वास बिस्तारै गुम्दै जानेछ भने लाेकतन्त्रप्रति पनि जनविश्वास गुम्नेछ ।

(थरुर भारतका पूर्व विदेश राज्यमन्त्री हुन्)

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १, २०७८  १८:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC