site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
यूएईलाई २३ अर्ब डलर बढीको हतियार बेच्दै अमेरिका
तस्बिर : राेयटर्स
Sarbottam CementSarbottam Cement

वासिङ्टन । अमेरिकाले २३ अर्ब अमेरिकी डलरभन्दा बढीको हतियार संयुक्त अरब इमिरेट्स (यूएई)लाई बेच्ने तयारी गरेको छ । राष्ट्रपति जो बाइडेनले मंगलबार संसदमा ट्रम्प प्रशासनको निर्णयअनुसार यूएईलाई हतियार बिक्री गर्न लागिएको जानकारी गराएका हुन् ।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा भएको हतियार बिक्रीको सम्झौता समिक्षाका लागि भन्दै बाइडेन प्रशासनले स्थगित गरेको थियो । ट्रम्पको कार्यकाल सकिने केही समयअघि मात्र सम्झौतालाई अन्तिम रुप दिइएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

हतियार बिक्रीको प्रस्तावको विषय मात्र नभई आफूहरुले ती हतियार प्रयोगको विवरणबारे पनि निरन्तर परामर्शमा रहेको अमेरिकी विदेश विभागका एक प्रवक्ताले बताएका अलजजिराले उल्लेख गरेको छ ।

उक्त सम्झौतामा एफ–३५ लाइटिङ एअरक्राफ्ट, मानवरहित विमान जस्ता जनरल एटमिक्स, लकहिड मार्टिन र रेथिएन प्रविधि समेटिएको छ ।

Global Ime bank

यमन युद्धमा हस्तक्षेप गरेको भन्दै केही अमेरिकी सांसदहरुले यूएईको आलोचना गर्दै आएका छन् । विश्वमै सबैभन्दा खराब मानवीय संकट खेपिरहेको यमनमा अमेरिकाले बिक्री गरेको हतियार प्रयोग भएको भन्दै उनीहरुले आलोचना गरेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १, २०७८  १८:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC