देश
काठमाडौं । नेपाल ट्रष्टले बिहीबार काठमाडौं प्लाजा सिल गर्ने भएको छ । महानगरीय प्रहरी परिसर, नगरप्रहरीको समन्वयमा सिल गर्न लागिएकाे नेपाल ट्रष्टले जनाएको छ ।
ट्रष्टका कार्यकारी सचिव सुरेश आचार्यले व्यवसायीलाई कैयौँ पटक पत्राचार गर्दा पनि नटेरेकाले सिल गरी ट्रष्टको अधिनमा ल्याउन लागेको बताए । उनकाअनुसार प्लाजामा रहेका फर्म व्यवसायीसँगको सम्झौता सकिएपनि अटेर गरिरहेकाले सिल गर्न लागिएको हाे ।
२०५० सालमा ट्रष्टले डेभलपर्स कम्पनीसँग २७ वर्षको सम्झौता गरेको थियो । अहिले डेभलपर्ससँगको सम्झौता सकिएकाले उक्त भवन काठमाडौं महानगरलाई दिने निर्णय गरेको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १, २०७८ १८:०५
प्रतिक्रिया दिनुहोस्