site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्ती चार महिना ढिलो गरी सुरु हुने
Sarbottam CementSarbottam Cement

वासिङ्टन । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुने समय यसअघि तोकिएभन्दा चार महिना ढिलो हुने भएको छ । अफगानिस्तानमा रहेका अमेरिकी सेना आउँदो सेप्टेम्बर ११ मा फिर्ता गर्ने तयारी भएको अधिकारीहरुले बीबीसीलाई बताएका छन् ।

यो निर्णय राष्ट्रपति जो बाइडेनले स्थानीय समयानुसार बुधबार सार्वजनिक गर्ने तयारी भएको जनाइएको छ । यसअघि, बाइडेनले मे १ को समयसीमामा सेना फिर्तीको प्रक्रिया पूरा गर्न निकै कठिन रहेको बताएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

गत वर्ष ट्रम्प प्रशासनले तालिवानसँग मे १ मा अमेरिकी सेना फिर्ता गर्न सुरु गर्ने सहमति गरेको थियो । तोकिएको नयाँ मिति सन् २००१ मा वर्ल्ड ट्रेड सेन्टर र पेन्टागनमा आतंकवादी हमला भएको मितिसँग मेल खाएको छ ।

अमेरिका र नाटोका अधिकारीहरुले तालिबान प्रतिबद्धतामा अडिग रहन र हिंसा कम गर्न असफल रहेको आरोप लगाउँदै आएका छन् । बाइडेनले हतारमा लिएको फिर्तीको निर्णयले सेनालाई जोखिममा पार्ने भन्दै उनीहरुले उक्त निर्णय व्यावहारिक नभएको बताएका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १, २०७८  १४:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC