site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ब्राजिलमा एकै दिनमा साढे एक हजार जना काेराेना संक्रमितकाे मृत्यु
फाइल तस्बिर : एजेन्सी
Sarbottam CementSarbottam Cement

साओ पाओलो । कोरोना संक्रमणका कारण ब्राजिलमा एकैदिनमा अझै पनि एक हजार भन्दा बढीको ज्यान गएको बताइएको छ । समाचारमा जनाइएअनुसार यहाँ सोमबार मात्र पनि कोरोना महामारीको संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या एक हजार नाघेको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार यहाँ यो संक्रमणबाट कम्तीमा पनि एक हजार ४८० जनाको ज्यान गएको छ । यहाँ गएका कैयौँ दिनदेखि कोरोनाबाट ज्यान जाने व्यक्तिको संख्या कम्तीमा पनि एक हजार घटेको छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

सोमबार पनि यहाँ ठूलो संख्याका नागरिक यस महामारीबाट संक्रमित बढेका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले सोमबार मात्र पनि ३५ हजार जना भन्दा बढी व्यक्तिमा यो महामारीको संक्रमण देखा परेको छ ।

प्राप्त समाचारमा यो महामारीबाट यहाँ दिनहुँ हजारौँ जना संक्रमित हुने गरेका पनि बताइएको छ । यहाँ कोरोना संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या ३ लाख ५४ हजार ६१७ जनाको ज्यान गएको छ । ब्राजिल कोरोनाको संक्रमणबाट ज्यान जानेमा दोस्रो नम्बरमा पर्दछ ।

Global Ime bank

कोरोना महामारीबाट सबैभन्दा धेरै नागरिकको मृत्यु भएको भने संयुक्त राज्य अमेरिकामा हो । अमेरिकामा पनि यो महामारी पछिल्लो समयमा झनै बढ्दै गएको देखिएको छ ।

ब्राजिलमा १ करोड ३५ लाख जना नागरिकमा यो संक्रमण देखिएको छ । प्राप्त समाचार अनुसार यहाँ सोमबार सम्ममा संक्रमित हुनेको संख्या १ करोड ३५ लाख १७ हजार ८०८ जना पुगेका छन् ।

ब्राजिलको साओ पाओलो शहर यहाँको सबैभन्दा धेरै प्रभावित शहर हो । यो शहरका मात्र ८० हजार जनाभन्दा बढी नागरिकले यही महामारीबाट ज्यान गुमाएका बताइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  २३:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC