site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
डन्टे राइटमाथि नियतबस गोली नचलाइएको अमेरिकी प्रहरीको दाबी
तस्बिर : एजेन्सी
Sarbottam CementSarbottam Cement

वासिङ्टन । अमेरिकाको मिनिसोटा राज्यको ब्रुकलिन सेन्टरमा एक जना अश्वेत नागरिकमाथि भएको गोली प्रहारको घटना भुलबस भएको अमेरिकी प्रहरीले दाबी गरेको छ । प्रहरी अधिकृतले टेजर (मूर्च्छित) बनाउने बन्दुक जस्तै विद्युतीय हतियार) प्रयोग गर्ने क्रममा भुलबस बन्दुक निकालेको प्रहरी प्रमुख टिम ग्यानोनलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

२० वर्षीय अश्वेत डन्टे राइटले आइतबार ट्राफिक नियम उल्लंघन गरेपछि उनलाई नियन्त्रणमा लिन खोज्दा उक्त घटना घटेको प्रहरीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

‘भुलबस’ गोली चलाउने प्रहरी अधिकृत किम पोटर रहेको बताइएको छ । उनी ब्रुकलिन सेन्टर प्रहरीमा पछिल्लो २६ वर्षदेखि सेवारत छिन् ।

पत्रकार सम्मेलनका क्रममा प्रहरी प्रमुख ग्यानोनले सार्वजनिक गरेको भिडियोमा प्रहरीले हथकडी लगाउन खोज्दा राइट आफ्नो कारमा छिर्न प्रयास गरिरहेको देखिएको समाचारमा जनाइएको छ । उक्त भिडियो प्रहरीको शरीरमा लगाइएको ‘बडी क्यामेरा’ले खिचेको थियो ।

Global Ime bank

“म यो विश्वास गर्छु कि प्रहरी अधिकारीले आफ्नो टेजर प्रयोग गर्न खोज्दा बन्दुक प्रहार गर्न पुगिन्,” प्रहरी प्रमुखले भने,“पीडितको परिवारको पीडा कम गर्न मैले व्यक्त गर्न सक्ने कुनै शब्द छैन ।”

प्रहरीको गोली लागेर राइटको मृत्यु भएको खबर फैलिएसँगै मानिसहरू प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनै क्रममा सो क्षेत्र आसपासका करिब २० ओटा सपिङ सेन्टरमा चोरी भएपछि आइतबार कफ्र्यु लगाइएको थियो । प्रदर्शन बढ्दै गएपछि स्थानीयसमयअनुसार सोमबार मिनिपोलिस र सेन्टपलमा आपतकालीन अवस्थाको घोषणा गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  १४:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC