site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
विरोधका बाबजुद फुकुसिमा आणविक भट्टीबाट निस्केको पानी समुद्रमा मिसाउँदै जापान
तस्बिर : राेयटर्स
Sarbottam CementSarbottam Cement

टोकियो । जापानले फुकुसिमा आणविक भट्टीबाट निस्केको हानिकारक पानीलाई अबको दुई वर्षभित्र प्रशान्त महासागरमा मिसाउने निर्णय गरेको छ । स्थानीय र छिमेकी देशहरूको विरोधका बाबजुद जापान सरकारले मंगलबार भट्टीबाट निस्किने हानिकारक रेडियोधर्मी तत्व रहेको पानीलाई समुद्रमा पठाउने निर्णय गरेको समाचार संस्था एपीले जनाएको छ ।

सुरक्षा चासो र विरोधका कारण लामो समयदेखि विचाराधीन रहेको यो विषयमा मन्त्रिपरिषद्को बैठकले निर्णय लिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

सन् २०११ को सुनामीका कारण फुकुसिमा आणविक भट्टीमा क्षति पुगेको थियो । क्षतिपछि भट्टीबाट चुहावट भएको पानीलाई हालसम्म जम्मा गरेर राखिएको छ । सोही पानीलाई समुद्रमा पठाउने निर्णयले जापान सरकारले गरेको हो । 

वैज्ञानीकहरूले रेडियोधर्मी तत्व भएको पानीलाई ठूलो मात्रामा पानी हुने समुद्रमा मिसाउँदा समुद्री जीवलाई खासै असर नगर्ने बताएका छन् । भट्टी सञ्चालक टोकियो इलेक्ट्रिक पावर कम्पनी र सरकारी अधिकारीले पानी भएको हानिकारक मानिने रेडियोधर्मी तत्व ट्राइटियमलाई हटाउन नसकिने बताएका छन् । उनीहरूले कम मात्राको ट्राइटियमले गम्भीर असर नगर्ने समेत बताएका छन् ।

Global Ime bank

प्रधानमन्त्री योशिहिडे सुगाले फुकुसिमा प्लान्टलाई पुनः सञ्चालनमा ल्याउन प्लान्टबाट निस्किएको पानीलाई समुद्रमा मिसाउन अपरिहार्य रहेको बताएका छन् । उनले पानीको सुरक्षा सुनिश्चित गर्न र ‘पानीमा क्षति पुग्ने’ अफवाह रोक्न सरकारले काम गर्ने समेत बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  १३:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC