site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपालमा प्रत्येक दिन हुन्छन् अपराधका ११४ घटना, बढ्दै छ बैंकिङ कसुर
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपालमा प्रत्येक दिन विभिन्न अपराधका ११४ घटना दर्ता हुने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयको पछिल्ला तीन आर्थिक वर्ष र चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।

पछिल्लो ४४ महिनाको अवधिमा विभिन्न अपराधका एक लाख ५० हजार ३७० घटना दर्ता भएका छन् । जसमा आत्महत्या, बलात्कार, कर्तव्य ज्यान, चोरी, साइबर अपराध, सार्वजनिक हितविरुद्धको अपराध बढी छन् ।

Agni Group

पछिल्लो समय आर्थिक अपराध (बैंकिङ कसुर)का घटनामा वृद्धि हुँदै गएको पाइएको छ । आर्थिक वर्ष ०७४/०७५ मा ३९ हजार ३१५ घटना दर्ता भएका छन् । जसमा सार्वजनिक हितविरुद्धको अपराधमा सबैभन्दा बढी १४ हजार २८३ घटना दर्ता भएका छन् । संगठित अपराधमा १७, साइबर अपराधमा १००, आत्महत्यामा ५३ सय १७, बैंकिङ कसुरमा ७७६, चोरीका १६ सय २८, मानव बेचबिखन तथा ओसारपोसारका आठ, लागुऔषधका तीन हजार ८८, जबर्जस्ती करणी उद्योगमा ७२७, जबर्जस्ती करणीमा १४ सय ८०, अपहरणका ७७, ज्यान मार्ने उद्योगका ७२८ र कर्तव्य ज्यानका ६२८ घटना भएका छन् ।

आर्थिक वर्ष ०७५/७६ मा अपराधको संख्या बढ्दो देखिन्छ । यो अवधिमा ४३ हजार ५१ अपराधका घटना भएको प्रहरी तथ्यांकले देखाउँछ । यो अवधिमा सार्वजनिक हितविरुद्धको अपराधका १० हजार ८४४, संगठित अपराधका १२, साइबर अपराधका १६७, आत्महत्याका पाँच हजार ६४६, बैंकिङ कसुरका तीन हजार १६६, चोरीका दुई हजार ८७४, मानव बेचबिखन तथा ओसारपोसारका २४८, लागुऔषधका तीन हजार ७०२, जबर्जस्ती करणी उद्योगका ७८९, जबर्जस्ती करणीका दुई हजार २३३, अपहरणका ११५, ज्यान मार्ने उद्योगका ९२७ र कर्तव्य ज्यानका ६५९ घटना भएका छन् ।

Global Ime bank

आर्थिक वर्ष ०७६/०७७ मा भने अपराधको संख्या केही घटेको देखिन्छ । यो अवधिमा सार्वजनिक हितविरुद्धको अपराधका ११ हजार ७७ घटना दर्ता भएका छन् । संगठित अपराधका २६, साइबर अपराधका ११७, आत्महत्याका छ हजार २४१, बैंकिङ कसुरका तीन हजार ९, चोरीका दुई हजार ४५१, मानव बेचबिखन तथा ओसारपोसारका १६४, लागुऔषधका दुई हजार ८८५, जबर्जस्ती करणी उद्योगका ६८७, जबर्जस्ती करणीका दुई हजार १४४, अपहरणका १०५, ज्यान मार्ने उद्योगका ८६९ र कर्तव्य ज्यानका ३६९ घटना दर्ता भएका छन् ।

यस्तै, चालु आर्थिक वर्षको फागुनसम्ममा २६ हजार ३०६ अपराधका घटना भएका छन् । यो अवधिमा सार्वजनिक हितविरुद्धको अपराधका चार हजार ३६८, संगठित अपराधका १२, साइबर अपराधका ३०, आत्महत्याका चार हजार ४८३, बैंकिङ कसुरका एक हजार ६८८, चोरीका एक हजार ५६९, मानव बेचबिखन तथा ओसारपोसारका ६५, लागुऔषधका एक हजार ९८३, जबर्जस्ती करणी उद्योगका ५०९, जबर्जस्ती करणीका एक हजार ६५३, अपहरणका ६३, ज्यान मार्ने उद्योगका ६४६ र कर्तव्य ज्यानका ४४७ घटना दर्ता भएका छन् ।

चालु आर्थिक वर्षको पहिलो आठ महिनामा अपराधका २६ हजार ३०६ घटनाहरू दर्ता भएका छन् । यो दैनिक औसतमा ११० घटना हो । गत आर्थिक वर्षको फागुन मसान्तसम्म दर्ता भएका ३१ हजार ३७८ घटनाको तुलनामा दर्ता संख्या १६.१६ प्रतिशतले कम भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  १२:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC