site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

प्रतिनिधि सभा विघटन गर्ने निर्णय ‘असंवैधानिक’ ठहर गरेसँगै सर्वोच्च अदालतले स‌सद्को अधिवेशन आह्वान गर्न पनि आदेश गरेको थियो । न्यायालयको आदेशअनुसार प्रतिनिधि सभाको बैठक त बोलाइयो तर न प्रधानमन्त्री खड्गप्रसाद ओली संसद्को बैठकमा गए न सरकारले काम नै दियो । प्रधानमन्त्री ओली संसद् बाहिर भने निकै सक्रिय देखिएका छन् । 

केही दिन पहिले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आफ्नो पार्टीबाट प्रतिनिधि सभामा निर्वाचित चार जना सांसदले दल त्याग गरेको सूचना संसद् सचिवालयलाई दियो । उनीहरू वर्तमान मन्त्रिपरिषद्मा मन्त्री पनि थिए । यसरी सूचना दिएपछि राजनीतिक दलसम्बन्धी कानुनबमोजिम उनीहरूको संसद् सदस्यता र मन्त्री पद पनि समाप्त भयो ।   

Prabhu Bank
Agni Group
NIC Asia

कानुनअनुसार सांसद र मन्त्री पद गए पनि प्रधानमन्त्री खड्गप्रसाद ओलीले उनीहरूलाई तुरुन्तै मन्त्री नियुक्त गरेर कानुन, संसद् र लोकतान्त्रिक मान्यताको धज्जी उडाइदिए । संविधानको अक्षरै उल्लङ्घन गर्न नहिचकिचाउने ओलीका लागि संसदीय मर्यादाको अवज्ञा गर्नु  नौलो नहोला । तर, प्रधानमन्त्रीको यस्तो प्रवृत्तिले देशमा भने अराजकता र निरङ्कुशता बढ्छ ।

संसद् सार्वभौम जनताको प्रतिनिधि संस्था हो । खड्गप्रसाद ओलीलाई देशको प्रधानमन्त्री संसद्ले नै बनाएको हो । संसद्ले उनलाई हटाउन पनि सक्छ । तैपनि, प्रधानमन्त्री ओलीले उनको पार्टीभित्रको किचलोको रिस संसद्माथि पोखे । उनले त आफ्ना ‘कमरेड’को रिसले जनताको सर्वोच्च संस्था संसद् पो विघटन गराए । 

Global Ime bank

सर्वोच्च अदालतले संसद् विघटनको निर्णयलाई असंवैधानिक ठहर गरी बदर गरिदियो । आफ्नो निर्णय सर्वोच्च अदालतले असंवैधानिक ठहर गरे पनि ओलीले नैतिक जिम्मेवारी लिएर पदबाट राजीनामा भने गरेनन् । संसद्मा उपस्थित भएर आफ्नो पक्ष राख्नसम्म पनि उनले जरूरी ठानेनन् । उल्टै, संसद् अधिवेशन अन्त्य गर्न उद्यत भएको समाचार आएको छ ।

प्रधानमन्त्री ओलीको संसद् द्रोहको कारण के होला रु  संसद्ले न त उनका विरुद्ध कुनै प्रस्ताव पारित गरेको थियो न सरकारका कुनै नीति, कार्यक्रम वा प्रस्ताव असफल भएको थियो । अहिले पनि संसद्मा प्रधानमन्त्री वा सरकारविरुद्ध कुनै प्रस्ताव विचाराधीन छैन । तैपनि, प्रधानमन्त्री ओली संसद्का बैठकहरूमा त गएका छैनन् नै बाहिर पनि संसद्को अवज्ञा हुने टिप्पणी गर्न छाडेका छैनन् । 

जनप्रतिनिधिको यसरी अवज्ञा गर्नुको साटो प्रधानमन्त्री ओलीले संसद्को बैठकमै आफ्नो धारणा राखेका भए संसदीय लोकतन्त्रको मर्यादा पनि जोगिने थियो । एमसीसी वा सरकारको बहुमत कायम रहेको विषय पार्टीका कार्यकर्ता सामुभन्दा संसद्कै बैठकमा उठाउँदा प्रभावकारी हुनेथियो । 

प्रधानमन्त्री ओली आफ्ना प्रतिद्वन्द्वीलाई बेला न कुबेला कटाक्ष गर्न र चुनौती दिन रुचाउँछन् । त्यस्तो चुनौती पनि संसद्मै दिए हुने नि ! संसद् द्रोह कम्युनिस्ट पार्टीको नेताका लागि सहज र स्वाभाविक पनि लाग्ला तर नेपालको प्रधानमन्त्रीका रूपमा संसद्को अवज्ञा गर्नु भने राजनीतिक बेइमानी हो । संसद् द्रोह जन द्रोह नै हो अक्षम्य हुन्छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  १२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC