site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सर्वोत्तम सिमेन्टका अध्यक्ष न्यौपानेलाई प्रश्न– तपाईंको कम्पनीको सेयर मूल्य ७५० रुपैयाँ किन ?
Ghorahi CementGhorahi Cement

सर्वोत्तम सिमेन्टले धितोपत्रको सार्वजनिक निष्कासनमा लागु भएको नयाँ बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासनको तयारी गरिरहेको छ । 

माघ २ गते सम्पन्न कम्पनीको साधारणसभाले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने निर्णय गरेसँगै कम्पनीले त्यसको प्रक्रिया अगाडि बढाएको हो ।

कम्पनीले उक्त विधिबाट आईपीओ निष्कासनका लागि प्रतिसेयर ७५० रुपैयाँ मूल्य प्रस्ताव गरेको छ । कम्पनीले आईपीओ निष्कासन गर्न बिक्री प्रबन्धक पनि नियुक्त गरिसकेको छ ।

Agni Group

कम्पनीको सार्वजनिक निष्कासनको प्रक्रिया कति अगाडि बढ्यो, कम्पनीको  सेयर मूल्य ७५० किन र लगानीकर्ता कम्पनीमा किन लगानी गर्नेलगायतका विषयमा केन्द्रित रहेर बाह्रखरीका विजय पराजुलीले कम्पनीका अध्यक्ष विष्णु प्रसाद न्यौपानेसँग कुराकानी गरेका छन्। प्रस्तुत छ कुराकानीको सम्पादित अंश : 

बुक बिल्डिङ विधिबाट धितोपत्रको सार्वजनिक निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टको प्र्रक्रिया कहाँ पुग्यो ?

Global Ime bank

हामीले कम्पनीको आन्तरिक मूल्याङ्कन गराएर विभिन्न मर्चेन्ट बैंक र संस्थागत लगानीकर्तासँग बसेर छलफल गरेपछि हामीले यति मूल्यमा सेयर बिक्री गर्छौं भनेर एउटा प्रस्तावित मूल्य ७५० रुपैयाँ निकालेका छौं ।

हामीले प्रस्तावित मूल्य तय गर्न कम्पनी भ्यालुएसनका लागि माच्छापुच्छ्रे बैंकलाई लगायौं । त्यसैको आधार  हामीले प्रस्तावित मूल्य लिएर ग्लोबल आईएमई क्यापिटल, एनआइवीएल एस क्यापिटल र प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेका छौं । 
हामीले हाम्रो आवश्यक विवरण तयार गरिसकेका छौं । बिक्री प्रबन्धकले आफ्नो प्रक्रिया सुरु गरिसकेको छ । बिक्री प्रबन्धकले नेपाल धितोपत्र बोर्डसँग बुक बिल्डिङ निर्देशिकामा रहेको केही व्यवस्थाको बारेमा स्पस्ट पार्न भनेर पत्र लेख्नुभको छ ।

निर्देशिकाले आवश्यक व्यवस्था त गरेको छ । तर, केही कुराहरु स्पस्ट पार्नुपर्ने भएकोले बिक्री प्रबन्धक त्यसमा लाग्नुभएको छ ।

नेप्सेसँग हामीले एउटा सम्झौता गर्छौं । नेप्सेसँग हामीले विभिन्न चरणमा छलफल गरिसकेका छौं । नेप्सेले बोलकबोल प्रक्रिया गर्ने हो ।

हामीले ‘प्रोस्पेक्टस’ विवरण बुझाएपछि कार्यविधिले तोकेको समयअनुसार बोलकबोल प्रक्रिया सुरु गर्ने हो । बोलकबोल गर्नुभन्दा अगाडि धेरै प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।

बुक बिल्डिङ भनेको सात दिनमा सकिने प्रक्रिया हैन । पहिले सबै काम सकेर मात्रै बोलकबोलमा जाने हो । त्यसको होमवर्क हाम्रो तर्फबाट सकिएको छ । धितोपत्र बोर्ड र नेप्सेबाट हुने कामहरु बिक्री प्रबन्धकले प्रक्रिया अगाडि बढाएका छन् ।
 
बिक्री प्रबन्धक नियुक्तिपछि धितोपत्र बोर्डले तोकेका योग्य संस्थागत लगानीकर्तासँग छलफल गरेर आशय मूल्य लिइसकेको हो ? 

हैन । हाम्रो प्रक्रिया त्यहाँ पुगेको छैन । आशय मूल्य लिएर आधार मूल्य निर्धारण भएपछि स्वीकृतिको लागि धितोपत्र बोर्डमा आवेदन दिने हो । त्यो अगाडि धेरै चरण पार गर्नुपर्ने हुन्छ । आशय मूल्य लिन पहिलो धितोपत्र बोर्डमा केही कुराहरु स्पस्ट गर्नुपर्ने छ । बुक बिल्डिङ निर्देशिकामा स्वार्थ बाझिएको आशय मूल्य पेश गर्न नपाउने भनेको छ । 

उदाहारणका लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक छ ।  स्वार्थ बाझिएकाले नपाउनेभन्दा ग्लोबल आईएमई बैंकले पाउने कि नपाउने । योग्य संस्थागत लगानीकर्ता दुईवटै छन् ।

त्यसमा के हुन्छ भन्ने स्पस्टता मात्रै चाहिएको हो । एक प्रतिशत सेयर भएकालाई स्वार्थ बाझिएको भन्ने कि १० कित्ता मात्रै सेयर भएकालाई पनि स्वार्थ बाझिएको भन्ने ? बिक्री प्रबन्धकले यसमा स्पष्ट पार्नुपर्‍यो भन्नुभएको छ । त्यो सकिनेबित्तिकै मूल्य मागेर बोर्डमा जान्छौं ।
 
तपाईंहरुले सर्वोत्तम सिमेन्टको सार्वजनिक निष्कासन मूल्य प्रतिकित्ता ७५० रुपैयाँ भन्नुभयो  । सर्वोत्तम सिमेन्टको सेयर मूल्य प्रतिकित्ता ७५० रुपैयाँ पर्छ भन्ने आधारहरु के छन् ? 

यसका तीनवटा आधार छन् । भ्यालुएसन गर्ने एउटा प्रक्रिया छ । भ्यालुएसन गर्ने धितोपत्र बोर्डले तोकेको फर्म्याट छ, अर्निङ क्यापिटल, मूल्य आम्दानी अनुपातलगायत रहेको छ ।

विभिन्न  मर्चेन्ट बैंकरले त्यसको भ्यालुएसन गर्छन् । त्यसरी भ्यालुएसन गर्दा हाम्रो प्रतिसेयर भ्यालुएसन मूल्य ९०० रुपैयाँ आयो । जुन कुरा विवरणपत्रमा लेख्नुपर्छ । हिजो शिवम्को ४४७ रुपैयाँ आएको थियो । भ्यालुएसन ९०० आउँदा ९०० मा नै बिक्छ भन्ने छैन ७५० सम्म बेच्न सकिन्छ भन्ने एउटा आधार हो । 

दोस्रो कम्पनीको कुल सम्पत्तिको छ । परियोजना सम्पन्न गर्न यति लागत लाग्यो भनेर रिप्लेसमेन्ट कस्ट भन्छ त्यसलाई ।

उदाहरणका लागि त्यस्तै त्यति नै क्षमताको उद्योग त्यता कतै लगाउनपर्‍यो भने कति लाग्छ भनेर भ्यालुएसन गर्दा २ हजार करोड लाग्छ भने  त्यसलाई अहिले भएको सेयर कित्ताले भाग गर्दा ७०० आउँछ । जस्तै कुनै घरको मूल्य ५ करोड छ, जसको पुँजी १०० रुपैयाँ प्रतिकित्ताले ५ लाख कित्ता राख्नुभयो । भोलि गएर त्यसको मूल्य १० करोड रुपैयाँ पुग्यो भने त्यसको भ्यालुएसन प्रतिकित्ता २०० रुपैयाँ हुने भयो । 

रियल सेक्टर भन्नासाथ फिजिकल रुपमा तपाईंसँग कति सम्पत्ति  छ भन्ने हुन्छ । एसेट कति छ, के कारणले यसको मूल्य यति छ भन्ने हुन्छ । अझै हाम्रो मूल्य ७५० रुपैयाँ हुन मूल कारण भनेको फन्डामेन्टल हो ।

मैले कुनै सेयर बेच्छु भने संस्थागत सर्वसाधारण लगानीकर्तालाई मेरो अनुरोध के छ भने तपाईंलाई पुरानो कुनै कम्पनीलाई ७–८ प्रतिशत रिटर्न दिन्छ कि दिँदैन ।

आफूले गरेको लगानीको ७ प्रतिशत जस्तै १०० रुपैयाँ लगानी गरेको छ भने ७ रुपैयाँ दिनुपर्‍यो । ७ प्रतिशत पनि रिटर्न आउँदैन भने बैंकमा नै लगेर लाख्दा भयो ।
सेयर मूल्य बढ्ने घट्ने कुरा आफ्नो ठाउँमा छ । तर, मैले मेरो कम्पनीमा लगानी गर्नेलाई ७–८ प्रतिशतको रिटर्न दिन सक्छु । संस्थागत लगानीकर्ताको हकमा ७ र सर्वसाधारण्को हकमा ८ प्रतिशत रिटर्न दिन सकिन्छ भन्ने हो ।

सर्वसाधारणलाई १० प्रतिशत छुटमा निष्कासन गर्ने भएकाले अझै बढी रिटर्न पाउने भयो । यति रिटर्न दिन सकिँदैन भने उसले उक्त सेयर होल्ड गरेर राख्दैन ।

संस्थापक लगानीकर्ताबाहेक अरुले तुरुन्तै बेच्न पनि सक्छ । तर, पनि संस्थागत लगानीकर्तालाई अर्को १० वर्षसम्म सोही अनुसारको रिटर्न दिनसक्छु भन्ने आधार दिएर जानुपर्छ ।

तब मात्रै कम्पनीप्रति उसको विश्वास बढ्छ । हिजोको दिनमा ३०० रुपैयाँमा बिक्री गर्दा २५ प्रतिशत दिएको थियो । आज बजार मूल्यको आधारमा रिटर्न दिने जिम्मा हुँदैन ।

भोलि सर्वोत्तम सिमेन्टको मूल्य ३ हजार पुग्यो । र, ५० प्रतिशत रिटर्न दियोभने २ प्रतिशत पनि रिटर्न आएन  । मैले जतिमा सेयर बेचेको हो त्यसको आधारमा रिटर्न दिने जिम्मा लिन्छु ।

आजको दिनमा ५० प्रतिशत डिभिडेन्ट दिनसक्छु भन्ने कम्पनी थोरै छन् । तर, पनि भविष्यमा मूल्य यति पुग्छ भनेर लगानी नगर्नुस् ।

अहिले १० कित्ता लगानी गर्‍यो भने १०० रुपैयाँको मूल्य एक हजार, दुई हजार पुग्छ भन्ने होडबाजी देखिन्छ । दीर्घकालीन लगानी गर्छु भन्नेले रिटर्न पनि हेर्नुपर्छ ।
 
लगानीकर्ताले मूल्य यति पुग्छ, त्यसैले लगानी गर्छु गर्नेभन्दा पनि यति रिटर्न पाउँछु भनेर लगानी गर्नुपर्छ भन्नुभयो, सर्वोत्तमले  पनि लगानी अनुसारको रिटर्न दिन्छ भन्न खोज्नुभएको हो ? 

कुनै पनि सेयर जसले रिटर्न बढी दिन्छ त्यसको मूल्य पक्कै पनि बढ्छ । तर, कुनै पनि कम्पनीमा लगानीकर्ताले लगानी गर्दा त्यो कम्पनीले नाफा दिएको छ अथवा छैन हेर्नुपर्छ ।

भोलि त्यसको मूल्य कर्नरिङ हुन्छ, मूल्य माथि पुग्छ भनेर लगानी गर्ने हैन । हरेक कम्पनी जसले फाइदा दिन्छ त्यसको मूल्य माथि जाला, त्यो कुरा अर्कै भयो । 

कम्पनीले फन्डामेन्टल हेर्दा आज रिटर्न दिएको छ कि छैन हेर्नुपर्छ । कम्पनीले रिटर्न नै दिएको छैन मैले १२ प्रतिशत ब्याजमा पैसा लिएर लगानी गरे भने त म डुब्न सक्ने भएँ । आज सेयर बजार बढिरहेको छ तर, भोलि घट्ला पनि । 

सर्वोत्तम सिमेन्टको फन्डामेन्टलले ७५० रुपैयाँ मूल्यलाई सर्पोट गर्छ भन्न खोज्नुभएको हो ? 

हाम्रो फन्डामेन्टलले ७५० भन्दा माथिको रेटलाई सपोर्ट गर्छ । आजको दिनमा नेट मूल्यमा किन्दैन मान्छले त्यसमा केही प्रतिशत छोडेर निष्कासन गर्नुपर्ने हुन्छ । मैले दिने रिटर्नले पनि मूल्यलाई  सपोर्ट गर्नुपर्‍यो । 

कम्पनीको सम्पत्तिलाई भाग गर्दा पनि रियल सेक्टरको कम्पनीमा त्यसअनुसारको मूल्य आउनुपर्‍यो । साथै कम्पनीले गरेको भ्यालुएसन रिपोर्टले पनि त्यसलाई सपोर्ट गर्नुपर्‍यो । 

लगानीकर्ताले वर्तमानभन्दा पनि भविष्यलाई हेरेर लगानी गरेका हुन्छन् । सर्वोत्तम सिमेन्टमा के छन् त्यस्ता योजना ?

कम्पनीको भ्यालुएसन गर्ने कम्पनीको भविष्यको योजना के छन् भन्ने पनि एउटा पाटो हुन्छ । हामीले सार्वजनिक निष्कासन गर्दा आएको पैसाले कम्पनीले बैंकको ऋण तत्काल तिर्छौं । दुई हजार करोडको कम्पनीमा २०० करोडको ऋण भनेको केही हैन ।

सार्वजनिक निष्कासन नभए पनि आन्तरिक स्रोतबाट तिर्न सक्छौं । त्योभन्दा बढी बजारबाट लिनुपर्ने हुन्छ ।

अहिले कस्तो मानसिकता देखिन्छ भने त्यो ऋणमा गएको कम्पनी हो भन्ने छ । वास्तविक क्षेत्रका कम्पनीको तिर्नुपर्ने ऋण जस्तै बजनारमा लिनुपर्ने पनि हुन्छ । शिवम् सिमेन्टले आईपीओ जारी गरेको ३ वर्षपछि बल्ल ऋणमुक्त भयौं भन्यो । तर, हामीले आईपीओ जारी गरेको ४० प्रतिशत रकमले बैंकको ऋण तिर्छौं र बाँकीले परियोजना विस्तारमा लाग्छौं भनेका छौं । चुनढुङ्गाको खानी पर्याप्त छ भने अब जग्गा लिएर अर्को उद्योग लगाउने हो । हामी त्यसको प्रक्रिया तत्काल सुरु गर्छौं ।  

अर्को नयाँ प्लान्ट लगाउँछौं भन्नुभयो । अहिले नयाँ सिमेन्ट कम्पनीहरु बजारमा धमाधम आइरहेका छन् । उत्पादन बढाउँदै जाँदा नेपालमा सिमेन्टको माग हुन्छ ? 

अहिले नेपालमा ६० वटा जति सिमेन्ट उद्योग छन् । जसमा १५ वटा  क्लिङकर वेस छन् भने ४५ वटा ग्रान्डिङ वेस छन् । सिमेन्ट उद्योग चल्न ३ वटा फन्डामेन्टल चाहिन्छ ।

एउटा ढुंगा खानी र उद्योगको दूरी कति छ र ढुंगाको क्वालिटी कस्तो छ । दोस्रो  बजारदेखि कति नजिक छ । खानी त नजिक छ तर उद्योग विकटमा छ भने बजारमा सामान ल्याउँदा ल्याउँदै मूल्य बढ्छ । तर, हामी खानी र बजार दुवै हिसाबले राम्रो अवस्थामा छौं । 

नेपालको पूर्व पश्चिमको मध्य तराई भागमा हाम्रो उद्योग छ । जहाँबाट काठमाडौं भरतपुर बुटवलजस्ता सहरमा सस्तो भाडामा पुर्‍याउन सकिन्छ । तेस्रोमा प्रासेस टेक्नोलोजी भन्ने हुन्छ । कम कोइला जस्तै ५० किलो सिमेन्ट पोलेर बनाउन ९ किलो कोइला लाग्छ । तर, हाम्रो उद्योगमा ८ केजी मात्रै लाग्यो भने लागत घट्यो ।

कुनैले ६ युनिट विजुली लगाएर सिमेन्ट तयार गर्छ । तर, मैले  ५ युनिटमा बनाउँछु भनेँ लागत कम हुने भयो । त्यस्तो किसिमको प्रविधि प्रयोग गर्नुपर्छ ।

आजको दिनमा बजारमा ब्रान्ड बनिसकेको छ, नेटवर्निङ छ, कस्ट कम छ । स्थापित कम्पनीलाई क्षमता विस्तार गरेर काम गर्न सहज हुन्छ ।

नयाँ प्रोसेस प्रविधि ल्याउँदै छ भने कम्पनी फन्डामेन्टल रुपमा बलियो हुनुपर्छ । जस्तै पेट्रोल नेपालमै उत्खनन् गर्दा पनि निस्किन्छ र बजारमा ल्याउँदा ल्याउँदै ३०० ब्यारेल डलर पर्छ ।

अहिले ५० डरलरमा बजारमा नै पाइन्छ । त्यस्तै हामीले त्यो फन्डामेन्टल नहेरी नयाँ काम गर्दै गर्दैनौं । फन्डामेन्टलमा हामी बलियो छौं ।
 
७५० रुपैयाँमा प्रस्तावित मूल्यसँगै आईपीओ निष्कासन गर्नासाथ ३५ प्रतिशत लाभांश दिन्छौं भन्नुभएको छ । यो विवादित भएन र ? 

यो हामीले आईपीओ जारी गर्ने प्रक्रिया सुरु गर्नुपूर्व नै गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट ३५ प्रतिशत लाभांश दिने भनेर निर्णय नै गरिसकेका छौं । सार्वजनिक निष्कासन गर्ने भएपछि पब्लिकलाई पनि सँगै लजाऔं भनेको हो । भोलि यदि हामीले सार्वजनिक निष्कासन गर्न सकेनौं भने पनि निर्णय भएको ३५ प्रतिशत लाभांश वितरण हुन्छ ।

यस अगाडि हामीले ५२ रुपैयाँ प्रतिसेयर आम्दानी हुँदा रिजर्भबाट समेत गरि नगद र बोनस सेयर गरेर ५४ प्रतिशत लाभांश बाँड्यौं । अहिले ३५ दिन्छौं भनेका छौं । जुन कम्पनीले   भविष्यमा ५० पतिशत दिन्छु भनेको छ अहिले ३५ दिन्छु भन्नुको कारण सेयर जारी भएपछि पुँजी बढ्छ । तर, आम्दानी एकैचोटी बढेको हुँदैन । समय लाग्छ त्यसैले हामीले निर्णय भएको र रिजर्भमा भएको पैसा बाँड्न खोजेको हो ।

३५ प्रतिशत लाभांश सञ्चालक समितिबाट निर्णय भइसकेको छ, जुन आईपीओ नआए पनि दिने हो । त्यसपछिको भने निर्णय भएको छैन । प्रक्षेपण मात्रै हो कमाएर दिन सक्ने भयो भने दिने हो । हामीले आगामी वर्षमा ५० प्रतिशत लाभांश दिनसक्छौं भनेको हो । तर, यो चाहिँ निर्णय भएको छ दिन्छौं भनेको हो ।
 
सर्वोत्तम सिमेन्ट सार्वजनिक निष्कासनमा लागु भएको नयाँ बुक बिल्डिङ विधिबाट सार्वजनिक निष्कासन गर्ने पहिलो कम्पनी बन्ने तयारीमा छ, आम सर्वसाधारण लगानीकर्तालाई के भन्नुहुन्छ ?

हामीले अहिले मार्केटिङ गरिरहँदा विभिन्न कुराहरु उठिरहेको छ । पहिले सर्वोत्तम सिमेन्टले राम्रो नाफा गरेको रहेछ । तर, अहिले  कोभिडको कारण व्यापार घटेको रहेछ भन्ने समाचार पनि देखियो । हामीले रेटिङ गराउँदा ६ महिनाको ब्यालेन्स सिट दिएको हो । यो आर्थिक वर्षमा करिब ३५ प्रतिशतले व्यापार वृद्धि हुन्छ । 

यो नयाँ किसिमको प्रक्रिया भएकाले लगानीकर्तालाई बुझ्न केही असहज देखिन्छ । लगानीकर्तालाई हाम्रो प्रोडक्टको क्वालिटी तथा यसलाई कसरी विस्तार गरेर लैजाने भन्ने हाम्रो आशय हुन्छ । बजारबाट २–४ सय करोड उठाएर हराउने कम्पनी हैन ।

सौरभ ग्रुप भनेको चार हजार बढीलाई रोजगारी दिएको र तीन हजार भन्दा धेरैको कारोबार भएको समूह हो । हामी जे प्रतिवद्धता गर्छौं त्यो पूरा गर्छौं  । त्योभन्दा बढी प्रतिवद्धता गर्दैनाैं । 

सेयर लिने अथवा नलिने लगानीकर्ताको इच्छा हो । अहिले हामीले जे कुरा भनिरहेको छौं, योग्य संस्थागत लगानीकर्तालाई भन्न खोजेको हो  ।

योग्य संस्थागत लगानीर्तामा पनि ६० प्रतिशतलाई त बुक बिल्डिङ विधिबारे सचेत छैनन् । बुक बिल्डिङ विधिको बारेमा बुझ्नुस हाम्रो कम्पनी राम्रो छ छैन भन्ने कुरा ब्यालेन्स सिटले नै देखाउँछ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  ११:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC