site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निर्माण सम्पन्न नहुँदै वैशाख ११ गते धरहरा उद्घाटन हुँदै
Sarbottam CementSarbottam Cement

काठमाडौ । वैशाख ११ गते ऐतिहासिक सम्पदा धरहरा उद्घाटन हुने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार लोकतन्त्र दिवसको अवसर पारेर वैशाख ११ गते धरहरा उद्घाटन गर्न लागिएको हो । 

“धरहराको सबै काम सकिन त केही समय लाग्छ । तर, मुल स्तम्भ निर्माण सकिएकाले लोकतन्त्र दिवसको अवसर पारेर उद्घाटन गर्न लागिएको हो,” राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले बाह्रखरीसँग भने, “अहिलेसम्मको तयारी अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

धरहरा निर्माणको सबै काम सकिन पुससम्म लाग्ने घिमेरेको भनाइ छ । 

प्राधिकरणले २०७७ असोज २० गते भित्र धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्‍न गर्ने गरी रमन कन्स्ट्रक्सनसँग २०७५ सालमा सम्झौता गरेको थियो । त्यस लगत्तै रमन कन्सट्रक्सनले २०७५ कात्तिक महिनादेखि निर्माण कार्य सुरु गरेको थियो । 

Global Ime bank

कोभिड १९ को  कारण लकडाउन हुँदा निर्माण कार्य प्रभावित भएको भन्दै रमन कन्स्ट्रक्सनले २१ महिना थप समय माग गरे पनि राष्ट्रिय पुननिर्माण प्राधिकरणले नौ महिना समय थपेको थियो ।  

२२ तला रहेको धरहराको कुल लागत भ्याटसहित ३ अर्ब ४५ करोड रुपैयाँ छ । धरहराको कुल क्षेत्रफल ४२.२ रोपनी रहेको छ । 

धरहराको निर्माण कार्यमा लकडाउन अघि कुल ३५० जनाले काम गरेका थिए । लकडाउनको समयमा २५ जनाको संख्यामा कामदार राखेर निर्माण गरिएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  ०७:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC