site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विराट गोल्डकप : प्रहरीलाई हराउँदै एपीएफ सेमिफाइनलमा 
Sarbottam CementSarbottam Cement

विराटनगर । विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाडौं  विराटनगरको सहिद रंगशालामा जारी छैठौं विराट गोल्डकपमा सेमिफाइनलमा प्रवेश गरेको छ । 

सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा साविक विजेता नेपाल प्रहरीलाई २–० गोलले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो । 

जितसँगै एपीएफ वैशाख १ गते हुने पहिलो सेमिफाइनल खेलमा घरेलु टिम विराटनगर ११ सँग प्रतिस्पर्धा गर्नेछ । विराटनगरले पहिलो र दोस्रो खेलमा भारत सिकिमको युनाइटेड र वेस्ट बंगालको टिमलाई हराउँदै समेफाइनलको यात्रा तय गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल पुलिस क्लबले तेस्रो क्वाटरफाइनल खेलमा नै हार व्यहोरेपछि छैठौं संस्करणको विराट गोल्डकपको उपाधि चुम्ने सपना चकनाचुर भएको छ । पुलिसले २०७४ सालमा विराट गोल्डकपको उपाधि हात पारेको थियो । 

दुवै टिम आक्रामक देखिए पनि डिफेन्सलाइनको कमजोरीमा नेपाल प्रहरी पछि पर्यो । खेलको ४६ औं मिनेटमा एपीएफका मणि लामा र ९० औं मिनेटमा सुमन लामाले गोल गरि टिमको जित सुनिश्चित गरेका थिए । खेलको ४६ औं मिनेटमा एपीएफका मणिले पुलिसका खेलाडीले क्लियर गरेको बलललाई गोलमा परिणत गरि अग्रता दिलाएका थिए । 

Global Ime bank

पहिलो हाफ प्रहरीका लागि निकै संघर्षपूर्ण बन्यो । प्रहरीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा पहिलो हाफसम्म दुवै टिमको गोलरहित खेल बराबरी भयो । खेलको १९ औं मिनेटमा एपीएफका मणि लामाले डिबक्स बाहिरदेखि गरेको प्रहार बाहिरिँदा थप गोल गर्ने अवसर खेर गयो । खेलको ३९ औं मिनेटमा प्रहरीका सुमन लामाले पेनाल्टी एरियादेखि गरेको प्रहार पोस्टमाथिबाट बाहिरिँदा बराबारी हुनबाट चुक्यो ।
 
दोस्रो हाफदेखि एक गोलले एपीएफले अग्रता लिएपछि प्रहरीले थप आक्रामक खेल खेल्यो । प्रहरीले एक गोल खाएपछि दबाबमा पर्दा दोस्रो हाफदेखि खेल निकै रोचक बन्न पुगेको थियो । दोस्रो हाफदेखि प्रहरीको एकपछि अर्को प्रहार एपीफका गोलरक्षक राजु नगरकोटीले विफल पारिदिए । साविक विजेता प्रहरीले दोस्रो हाफदेखि पाएको आधा दर्जन बढी अवसर खेर फाल्दा प्रतियोगिताबाट बाहिरन बाध्य भयो । 

खेलको ७१ औं मिनेटमा प्रहरीका रवि पासवानले डिबक्स नजिकदेखि गरेको प्रहार एपीएफका गोल रक्षक राजु नगरकोटीले उत्कृष्ट बचाउ गरिदिए । खेलको ७८ औं मिनेटमा प्रहरीका अन्जन राईले डिबक्स एरियादेखि गरेको वानटच बल एपीएफका गोल रक्षक नगरकोटीले उत्कृष्ट बचाउ गर्दा खेल बराबारी हुनबाट चुक्यो । खेलको अन्त्य तिर ९० मिनेटमा एपीएफका सुमन लामाले डिबक्सदेखि बललाई एक्लै अगाडि बढाएर वान भर्सेस् वानको प्रहार गोलमा परिणत भएको थियो । उनले गरेको गोल टिमेको जितको लागि सुनिश्चित बन्यो । प्रहरीका गोल रक्षक रोशन खड्का मध्यभाग अगाडि बढ्दा सुमनले बललाई एक्दै अगाडि बढाएर गोल गरेका थिए । 

खेलको म्यान अफ द म्याच एपीएफका मणि लामा घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरेका छन् । 

जितपछि प्रतिक्रिया दिँदै सशस्त्र प्रहरीका प्रशिक्षक सुदिप श्रेष्ठले खेलाडीहरुको मेहनतको कारणले विभागीय टिमललाई हराएको बताए । प्रहरीका प्रशिक्षक अन्नतराज थापाले डिफेन्डरको कारणले गर्दा हार भएको बताए । 

मंगलबार पोखरामा सम्पन्न १९ औं संस्करणको आहा रारा गोल्डकपको बिजेता टिम संकटा र अफ्रिकन रुट्सबीच प्रतिस्पर्धा हुनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  ०६:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC