site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दोलखामा सवारी दुर्घटना, चारजनाको मृत्यु
Sarbottam CementSarbottam Cement

काठमाडौं । दोलखामा सवारी दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको तातोपानीबाट दोलखाको गौरीशंकर गाउँपालिका जाँदै गरेको बोलेरो विगु गाउँपालिकाको लादुकमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए । 

मृत्यु हुनेमा ४५ वर्षकी अजिता खत्री, २४ वर्षकी चण्डिका थापा, ५२ वर्षकी राधा खड्का र ३५ वर्षका मिलन केसी छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार १८ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । ७ जनाको दोलखामै र ११ जनाको काठमाडौंमा उपचार भइरहेको छ । 

गए राति साढे १० बजे दुर्घटना भएको हो । “ओभर लोडका कारण दुर्घटना भएको हो । क्षमताभन्दा बढी यात्रु बोकेको गाडी ट्रनिङ काट्न नसक्दा दुर्घटना भएको हो,” प्रमुख जिल्ला अधिकारी घिमिरेले बाह्रखरीसँग भने । 
 

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  ०६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC