site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
केएल राहुल र हुड्डाको अर्धशतकीय पारीमा राजस्थानलाई पन्जाबकाे बलियो लक्ष्य 
Ghorahi CementGhorahi Cement

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पन्जाब किङ्सले राजस्थान रोयल्ससमक्ष २२२ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ । 

वान्खाडे स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२१ रन बनायो । 
पन्जाबका लागि केएल राहुलले ९१ रनको अर्धशतकीय पारी खेले ।  ५० बल खेलेका उनले ७ चौका र ५ चक्का प्रहार गरे । 
त्यस्तै पन्जाबका लागि दीपक हुड्डाले ६४ रनको अर्धशतकीय पारी खेले । २८ बल खेलेका उनले ४ चौका र ६ छक्का प्रहार गरे । यस्तै क्रिस गेलले ४० रन बनाउँदा मयंक अर्गवालले १४ रन बनाए । 

Agni Group

बलिङतर्फ राजस्थानका लागि चेतन सकारीयाले सर्वाधिक ३ विकेट लिए । त्यस्तै क्रिस मोरिसले दुई विकेट लिँदा रियान प्रागले एक विकेट लिए । 

आजको खेलमा दुवै टोली जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छन् । अघिल्लो सिजन खराब प्रदर्शन गरेको पन्जाब यो सिजन प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा छ । यता राजस्थान पनि आजको खेलमा पन्जाबलाई हराउँदै प्रतियोगितामा आफू बलियो भएको प्रमाणित गर्ने योजनामा छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  २१:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC