site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जमिनमा टेकौं र जनतातर्फ फर्कौं, यसैमा सबैको भलो छ : योगेश भट्टराई 
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीमा आफूबाट भएको गल्ती स्वीकार गर्नुपर्ने बताएका छन् । सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत नेता भट्टराईले आत्मालोचना गर्दै फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलालाई सबैले स्वीकार गर्नुपर्ने बताएका हुन् ।

उनले २०७५ जेठ २ गते कायम रहेको नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आयोजना गरेर त्यसमा खुला रूपमा छलफल गर्न आग्रह पनि गरेका छन । 

Agni Group

पार्टीलाई बिधिसम्मत रूपमा सञ्चालन गर्न  सबै तयार हुनुपर्ने उनको भनाइ छ । उनले जमिनमा टेकेर जनतातर्फ फर्कनुमा नै सबैको भलो हुने टिप्पणी गरेका छन् । 

एमाले विवाद समाधानका लागि यस्तो उनको सुझाव :
"पहिला २०७७ फागुन २३ गतेको सर्बोच्च अदालतको फैसलालाई सबैले स्वीकार गरौं । 
त्यसपछि २०७५ जेष्ठ २ गते कायम रहेको नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आयोजना गरौं ।  
बैठकमा खुला खुलस्त छलफल गरौं । षड्यन्त्र र छलछाम कसैले कसैमाथि नगरौं ।  
आफूबाट भएका गल्तीलाई सबैले दीलबाट स्वीकार गरौं ।  
पार्टीलाई विधिसम्मत रुपमा संचालन गर्ने सबै तयार होऔं ।  
महाधिवेशन र सबै तहका अधिवेशन आयोजना गराैं, स्वस्थ र पारदर्शी ढंगले लोकतान्त्रिक अभ्यास गरौं र परिणाम सबैले स्वीकार गरौ ।  
आउने निर्वाचनमा नेकपा एमालेको बहुमत ल्याउन सबैले कसम खाउँ ।  
जमिनमा टेकौं र जनतातर्फ फर्काैं ।  
यसैमा छ सबैको भलो"

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  २१:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC