काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–खनाल ससूहलाई पार्टीमाथि धावा बोल्ने काम गरे कारबाही गर्ने चेतावनी दिएका छन् । नेपाल उत्पीडित जातिय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमबार काठमाण्डौमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूविरुद्धका सबै विरोध र टिकाटिप्पणीलाई सहँदै आएको तर पार्टीमाथि धावा बोल्ने काम भए कारबाही गर्ने चेतावनी दिए ।
उनले पार्टीलाई ध्वस्त पार्ने प्रयास भए “ठिक लगाउने” चेतावनी दिए ।
“पार्टीलाई ध्वस्त पार्न खोज्नुभयो भने । बाघ तबसम्म चुप हुन्छ जबसम्म डमरुमाथि खतरा हुँदैन । पार्टीमाथि धावा बोल्नुभयो भने ठिक लगाइने छ । तपाईहरूलाई मात्रै निष्कासन गर्न होइन हामीलाई पनि निष्कासन गर्न आउँछ भन्ने सम्झना राख्नुहोस्,” ओलीले भने ।
उनले नेपाल समूहले आफूलाई गरेको कारबाही ‘किर्नाले भैंसी खाए‘ जस्तो भएको भनी व्यंग्य गरे ।