site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आयात बढेको प्रभाव : चालु खाता घाटा बढ्यो, शोधनान्तर बचत घट्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । आयात बढ्दा चालु खाता घाटा चुलिँदै गएको छ भने शोधनान्तर बचत पनि घट्दै गएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको फागुन महिनासम्मको देशको आर्थिक स्थितिमा चालु खाता १४८ अर्ब ६८ करोडले घाटामा रहेको देखाइएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ११९ अर्ब ७० करोडले घाटामा रहेको थियो भने माघ महिनामा चालु खाता १०१ अर्ब ९० करोडले घाटामा थियो । एकै महिनामा चालु खाता घाटा ४७ अर्ब रुपैयाँले बढेको हो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २७ करोडले घाटामा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ६.८ प्रतिशतले वृद्धि आई ११ अर्ब ९१ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३४.८ प्रतिशतले कमी आइ १० अर्ब १८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ११ अर्ब १५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १५ अर्ब ६१ करोड रहेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

समीक्षा अवधिमा शोधनान्तर स्थिति ६८ अर्बले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३७ अर्ब ८४ करोडले बचतमा रहेको थियो । चालु आर्थिक वर्षको माघ महिनामा भने यस्तो बचत ९७ अर्ब ३६ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३३ करोड १२ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५६ करोड ५८ लाखले बचतमा रहेको छ ।

२०७७ असार मसान्तमा रु.१४०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भइ २०७७ फागुन मसान्तमा रु.१४३६ अर्ब ५४ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ फागुन मसान्तमा ६.२ प्रतिशतले वृद्धि भइ १२ अर्ब ३७ करोड पुगेको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा रु.१२२६ अर्ब १२ करोड रहेकोमा २०७७ फागुन मसान्तमा ३.३ प्रतिशतले वृद्धि भइ रु.१२६६ अर्ब १० करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

Global Ime bank

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा १७५ अर्ब ७१ करोड रहेकोमा २०७७ फागुन मसान्तमा ३.० प्रतिशतले कमी आइ १७० अर्ब ४४ करोड कायम भएको छ । २०७७ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २७.६ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  १८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC