site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कोभिडपछि पनि लगातार बढ्दै रेमिट्यान्स, ८ महिनामा साढे ६ खर्ब भित्रियो  
Sarbottam CementSarbottam Cement

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो चौमासमा पनि विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरको चालु आर्थिक वर्षको ८ महिनाको तथ्यांक अनुसार मुलुकको आर्थिक तथा वित्तिय अवस्थाको प्रतिवेदनमा गत आर्थिक वर्षको सोही अवधीको तुलनामा रेमिट्यान्स ८.८६ प्रतिशतले बढेको छ । नेपाली मुद्रामा मात्रै नभएर अमेरिकी डलरमा पनि रेमिट्यान्स ५ प्रतिशतले बढेको छ ।

आठ महिनाको अवधिमा करिब साढे ६ खर्ब रेमिट्यान्स भित्रिएको छ । फागुन मसान्त सम्ममा ६ खर्ब ४२ अर्ब १४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको यही अवधीमा ५ खर्ब ९२ अर्ब ४२ करोड रेमिट्यान्स आएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

कोभिड १९ को कारण वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्दा पनि कोभिड पछि अनौपचारीक माध्यमबाट हुने रेमिट्यान्स कारोबार (हुन्डी) घटेसँगै औपचारिक माध्यमबाट आउने रेमिट्यान्स बढेको हो । हुन्डी घट्दा मुलुकलाई विदेशी विनिमयबाट हुने हानी पनि कम भएको छ । तर, अहिले आयात उच्च बिन्दुमा पुगेसँगै हुन्डी बढ्नसक्ने त्रासमा सरकारी अधिकारीहरु छन् ।

आठ महिनाको अवधीमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७४.८ प्रतिशतले घटेको छ । कोभिडका कारण लामो समय वैदेशिक रोजगारी ठप्प हुँदा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको हो । गत आर्थिक वर्षको यही अवधीमा यो संख्या २४.२ प्रतिशतले बढेको थियो ।

Global Ime bank

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या यस अवधिमा ६५.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.७ प्रतिशतले घटेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  १८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC