site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
जापानमा ६५ वर्षमाथिका नागरिकलाई आजदेखि खोप दिइँदै
Sarbottam CementSarbottam Cement

टोकियो । जापानमा सोमबारदेखि ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई खोप लगाउन सुरु गरिएको छ । देशका विभिन्न १२० स्थानबाट ६५ वर्ष माथिका नागरिकलाई युरोपमा बनेको फाइजर खोप दिन सुरु गरिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

राजधानी टोकियोमा पहिलो पटक खोप लगाएका २ हजार ८१० जनाले खोप पाउने भए पनि अधिकांस स्थानमा अधिकतम हजार जनालाई खोप दिइने जापानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । १२ करोड ६० लाख कुल जनसंख्या भएको जापानमा तीब्र वृद्ध भइरहेको ठूलो संख्या रहेको छ ।

जुनको अन्त्यसम्ममा ६५ वर्षमाथिका ३ करोड ६० लाखलाई आवश्यक पर्ने खोपको व्यवस्था गर्न जापान सक्षम रहेको उल्लेख गर्दै मन्त्रिमण्डलका मुख्यसचिव कात्सुनोबु कातोले सरकारको प्रक्षेपण दोहो¥याए ।

Prabhu Bank
Agni Group
NIC Asia

“मलाई लाग्छ, युरोपेली संघबाट आयात सुचारु रुपमा चल्यो भने सबै जेष्ठ नागरिकलाई खोप दिन सकिन्छ,” कातोले भने ।

ग्रिष्मकालिन ओलम्पिक्स सुरु हुनु सय दिन अघि मात्र सोमबार नै जापानले कोरोनाको चौथो लहर नियन्त्रण गर्न एक महिना लामो ‘अर्ध–आपतकालीन’सुरक्षाका उपायहरु सुरु गरिएको छ ।

Global Ime bank

जापान खोप अभियान ढिला सुरु गर्ने ठूला अर्थतन्त्र भएका देशहरुमध्ये एक हो । स्थानीय सरकारलाई तयारीका लागि समय आवश्यक रहेको भन्दै यहाँका खोपसम्बन्धी प्रमुख मन्त्री तारो कोनोले ढिलाईको प्रतिरक्षा गरे ।

घरेलु नियामकले कोभिड–१९ को अन्य खोपलाई अनुमोदन नगर्दा जापान फाइजरमा नै निर्भर छ । जापानले ठूलो परिमाणमा खोप आयात गर्न लागेकाले आगामी मेदेखि भने खोप कार्यक्रम तिब्र रुपमा अघि बढ्ने अपेक्षा गरिएको छ ।

जापानमा करिब ११ लाखले दुई डोज लगाउनुपर्ने फाइजरको एक डोज खोप लगाइसकेका छन् ।

एक चिकित्सक एवं शोधकर्ता हारुका सकामोटोका अनुसार सर्बसाधारणले ग्रिष्मको अन्त्य वा शिशिरयाम सम्ममा पनि सहज रुपमा खोप पाउने सम्भावना नरहेको समाचारमा जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  १३:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC