site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपालमा दैनिक ६ जना बलात्कृत, ४४ महिनामा साढे सात हजार घटना
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा दैनिक ६ बलात्कार घटना हुने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यायको पछिल्लो ४४ महिनाको तथ्याङ्क अनुसार दैनिक ६ बलात्कारका घटना हुने गरेका छन् । 

पछिल्ला तीन आर्थिक वर्ष र चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सात हजार ५१० बलात्कारका मुद्दा प्रहरीमा दर्ता भएका छन् । जुन दैनिक औसतमा ५ दशमलव ६८ प्रतिशत हो ।

Prabhu Bank
Agni Group
NIC Asia

आर्थिक वर्ष ०७४/०७५ मा  एक हजार ४८० बलात्कारका मुद्दा दर्ता भए । आर्थिक वर्ष ०७५/०७६ मा दुई हजार २३३ बलात्कारका मुद्दा दर्ता भए । ०७६/०७७ मा दुई हजार १४४ मुद्दा दर्ता हुँदा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म एक हजार ६५३ बलात्कारका मुद्दा दर्ता भएका छन् ।

चालु आर्थिक वर्षको आठ महिनामा बलात्कारका एक हजार ६५३ मुद्दा दर्ता भएका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको (१४२९) तुलनामा १५ दशमलव ६७ प्रतिशतले वृद्धि भएको छ ।

Global Ime bank

प्रहरी प्रधान कार्यालयका अनुसार चालु आर्थिक वर्षमा प्रत्येक दिन सातजना बलात्कृत हुने गरेको देखिएको छ । पुस मसान्तसम्म क्रमशः घट्दो क्रममा रहेको र पुनः माघदेखी फागुनमा बलात्कारका घटनामा वृद्धि भएको प्रहरी प्रधान कार्यालयको तथ्यांकमा उल्लेख छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार बलात्कारका घटनाहरू प्राय नजिककै चिनजानका व्यक्तिहरूबाट भएको देखिन्छ । चालु आर्थिक वर्षमा भएका एक हजार ६५३ मुद्दाका एक हजार ८५५ जना प्रतिबादीहरू मध्ये ११ दशमलव २१ प्रतिशत (२०८ जना) प्रतिबादीहरू हाडनाता सम्बन्धका रहेको देखिएको छ । समग्रमा ८१ दमशलव ५६ प्रतिशत (१५१३ जना) प्रतिबादीहरू हाडनाता सम्बन्ध तथा नजिक चिनजानको व्यक्तिहरू रहेको प्रहरी अध्ययनले देखाएको छ ।

आर्थिक वर्ष ०७६/७७ को फागुन मसान्तसम्म जवरजस्ती करणी उद्योगका चार सय ६८ घटना दर्ता भएको र चालू आर्थिक वर्षको सोही अवधीसम्म ५०० वटा जवरजस्ती करणी उद्योगका घटनाहरू दर्ता भएको देखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  १२:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC