बाह्रखरी
भर्खरै
sticky  ncell
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
आईपीएल : हैदरावादमाथि कोलकाताको जित 
बाह्रखरी - आइतबार, चैत २९, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्सले सुखद सुरुवात गरेको छ । आइतबार भएको खेलमा सनराइजर्स हैदरावादमाथि शानदार जित निकाल्दै कोलकाताले लिगमा उत्कृष्ट सुरुवात गरेको हो । 

एमए चिदमबर्मा स्टेडियमा कोलकाताले दिएको १८८ रनको लक्ष्य हैदरावादले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७७ रन मात्र बनाउन सक्यो । हैदरावादका लागि मनिस पान्ड्या र जोनी बेरिस्टोले अर्धशतकीय पारी खेले । ४४ बल खेलेका मनिसले २ चौका र ३ छक्काको सहयोगमा ६१ रन बनाए । त्यस्तै ४० बल खेलेका बेरिस्टोले ५ चौका र ३ छक्का प्रहार गरे । 

Rohto Landing

Agani Group

बलिङतर्फ कोलकाताका लागि प्रशिद्ध कृष्णले दुई विकेट लिए । त्यस्तै शाकिब अल हसन, प्याट कमिन्स र आन्द्रे रशेलले समान एक–एक विकेट लिए । 

यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८७ रन बनाएको थियो । 

sarbottam cement

कोलकाताका लागि नितेस रानाले ८० रनको अर्धशतकीय पारी खेले । ५६ बल खेलेका उनले ९ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै राहुल तिपाठीले ५३ रनको अर्धशतकीय पारी खेले । २९ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे । 

त्यस्तै दिनेश कार्तिकले २२ रनको योगदान गरे । बलिङतर्फ हैदरावादका लागि राशिद खान र मोहमद नावीले समान दुई–दुई विकेट लिए । त्यस्तै भुवनेश्वर कुमार र थनगार्सु नटराजनले एक–एक विकेट लिए । 

जितसँगै कोलकाताले जारी लिगमा एक खेलबाट २ अंक जोडेको छ । यता हैदरावादले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
आइतबार, चैत २९, २०७७ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्