site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
महारानी र राजकुमार फिलिपको अन्त्यहीन प्रेम
Sarbottam CementSarbottam Cement

बीबीसी । एउटा विवाह जुन सात दशक बढी समय चल्यो । सार्वजनिक रुपमा फिलिप धेरै महत्वपूर्ण अवसरमा महारानीको सहायकका रुपमा देखिए । निजी जीवनमा प्रिन्स त्यो व्यक्ति थिए, जसले मात्र महारानीलाई निकै नजिकबाट जान्दथे ।

एक पटक एक निजी सचिवले भनेका थिए, “विश्वमा प्रिन्स फिलिप मात्र एक व्यक्ति हुन् जो महारानीलाई  कुनै आम व्यक्तिका रुपमा हेर्थे । उनी मात्र यस्तो गर्न सक्छन् ।”

उनीहरुको विवाह प्रेममा आधारित थियो । उनीहरुले एक–अर्कालाई रोजेका थिए । सन् १९३९ मा डार्टमाउथ नोभल कलेजमा भएको उनीहरुको पहिलो भेटको तस्बिर एक लामो सहयात्राको सुरुवातको साक्षी छ ।

Prabhu Bank
Agni Group
NIC Asia

टेनिस र क्रोक खेल खेलिरहेका १८ वर्षीय एक फुर्तिला सैन्य जवानमा १३ वर्षीया राजकुमारी एलिजाबेथको नजर पर्‍यो ।

युवाबस्थाका ‘क्रश’ पहिले साथी बने । युद्धको समयमा दुबैले एकअर्कालाई चिठ्ठी लेख्न थाले । कहिले काहिँ भेटघाट पनि हुन्थ्यो ।

Global Ime bank

जब प्रिन्स फिलिप शाही नौसेनामा सेवामा खटिएका थिए तब राजकुमारी उनको एक तस्बिर आफ्नो कोठामा राख्थिन् ।

ग्रिसमा जन्मेका राजकुमार फिलिपको बाल्यकाल युरोपको विभिन्न भागमा फिरन्ते जस्तै गरी बित्यो । आत्मनिर्भर बन्नु बाहेक उनीसँग अन्य बिकल्प थिएन । उनी सिकारु र भावनात्मक रुपमा मजबुत व्यक्ति थिए । तर राजकुमारी दुनियाको वास्तविकताभन्दा निकै पर आरामदायी महलमा हुर्किएकी थिइन् । उनी लजालु, कम बोल्ने र समझदार युवती थिइन् ।

“प्रिन्स फिलिप जुन तरिकाले आफ्नो कुराबाट उहाँ (महारानी)लाई हँसाउनुहुन्छ, उहाँ जुन तरिकाले जिन्दगीलाई हेर्नुहुन्छ, त्यो महारानीको भन्दा निकै फरक छ । यसैले उहाँहरु एक सानदार दम्पत्ती हुनुहुन्छ,” उनीहरुका नाती प्रिन्स विलियमले एक पटक भनेका थिए ।

प्रेममा डुबेका जोडी

सन् १९४७ मा एलिजावेथको २१ औं जन्मदिनमा यी दुईको स्वयंवरको आधिकारिक घोषणा भयो । राजकुमार फिलिपले भने त्यसको एक वर्ष पहिले नै आफ्नो  इच्छा जाहेर गरिसकेका थिए ।

हिरा र प्लाटिनमबाट बनेको स्वयंवरको औंठीको डिजाइन गर्न प्रिन्स फिलिप स्वयंले सहयोग गरेका थिए । त्यो औंठी उनकी आमा राजकुमारी ऐलिसको ताजको रत्नबाट बनाइएको थियो ।

प्रिन्स फिलिपले विवाहको केही दिनअघि आफ्नी आमालाई एक चिठ्ठी लेख्दै आफू पूर्ण रुपमा बिना शंका प्रेममा डुबिसकेको बताएका थिए ।

वेष्टमिनिस्टर आबेमा २००० पाहुनाको उपस्थितिमा उनीहरुको विवाह भयो । दोस्रो विश्वयुद्ध समाप्त भएको दुई वर्षपछि अवस्था सामान्य बन्दै थियो । उनीहरुको विवाहको उत्सव एक दुर्लभ क्षण मानिएको थियो । विस्टन चर्चिलले भनेका थिए, “कठीन यात्राको मार्गमा यो उत्सव रंगको चमक हो ।”

विवाहको अर्को वर्ष उनीहरुको जेठा छोरा चाल्र्सको जन्म भयो र पछि छोरी एनको । राजकुमार फिलिपले नौसेनामा निकै छिटो प्रगती गरिरहेका थिए । जब उनी युद्धपोतमा सेवामा खटिएका हुन्थे, तब उनको युवा परिवार माल्टामा समय बिताइरहेको हुन्थ्यो । उनी भने त्यो समयमा अपेक्षाकृत सामान्य जीवन बिताइरहेका थिए ।

राजा जर्ज छैटौंपछि परिवर्तित अवस्था

सन् १९५२ फेब्रुअरी ६ मा राजा जर्ज छैटौंको अकाल मृत्युका कारण अवस्था बदलियो । सो समय महारानी एलिजाबेथ २५ वर्षकी थिइन् भने राजकुमार फिलिप  ३० वर्षका । फिलिपलाई थाहा थियो कि राजकुमारी रानी बन्ने तय थियो । यद्यपी उनलाई अपेक्षा थियो कि आफ्नो जिन्दगी राम्रोसँग जिउनको लागि उनीसँग अझै केही वर्ष बाँकी नै छ ।

राजकुमारी एलिजाबेथ महारानी बन्नु राजकुमारका लागि आफ्नो नौसेनाको महत्वकांक्षाको अन्त्य थियो । जहाजलाई निर्देशन दिने व्यक्तिका लागि अचानक एक सहायकको भूमिका निर्वाह गर्नु सहज थिएन ।

यो भुल्नु हुँदैन कि त्यो १९५० को दशक थियो, जुन समय एक पत्नीका लागि आफ्नो पतिभन्दा अघि बढ्नु दुर्लभ थियो । महारानी एक आमा पनि थिइन् । यद्यपी जुन भूमिकाका लागि उनको जन्म भएको थियो, त्यो उनका लागि सर्वोपरी थियो ।

‘दोहोरो’ भूमिका

पदका कारण दुईको सम्बन्धमा परेको असर सबै आफ्नै स्थानमा नै रह्यो । प्रिन्स फिलिपलाई आफ्नो भूमिका निर्वाह गर्न समय लाग्यो । केही समय दरबारियासँग उनको मनमुटाव पनि भयो ।

सन् १९५६ मा उनले चार महिनासम्म कमनवेल्थ राष्ट्रको यात्रा गरे । यसले पत्निप्रति उनको समर्पणमा प्रश्न उठायो । तर जब यो जोडी आफ्नो लयमा आयो, तब आउने केही दशकका लागि नमुनाका रुपमा स्थापित भयो ।

राजकुमारले रानीलाई राज्य प्रमुखको भूमिका निर्वाह गर्न मद्दत गरे र आफूले परिवारको मुखियाको दायित्व निभाए । बाह्य दुनियामा एलिजाबेथ मालिक थिइन्, तर निजी जिन्दगीमा भूमिका उल्टन्थ्यो । राजकुमार फिलिप घरका ‘मालिक’ थिए भने महारानी घरको ‘भाँडा माझिरहेकी’ हुन्थिन् । यो कुरा सन् १९६० मा शाही परिवारका विषयमा बनेको डकुमेन्ट्रीमा पनि देख्न सकिन्छ ।

राजकुमार फिलिप राजकीय यात्रा, संसद्को सुरुवात, वर्षगाँठ लगायतका महत्वपूर्ण अवसरमा महारानीसँगै देखिन्थे । पुराना फुटेजहरु हेर्ने हो भने ती अवसरमा उनीहरु एक अर्कालाई हेरेर मुस्कुराइरहेको देख्न सकिन्छ ।

महारानीलाई कुरा गर्न सहज होस् भनेर राजकुमार फिलिप भीड अथवा अतिथिसँग कुरा गरिरहन्थे । यो एउटा दोहोरो कार्य थियो, जसले काम गथ्र्यो पनि ।

उनीहरुबीचको सम्बन्धले पनि काम गर्न सहज बनायो । किनकी उनीहरुसँगै समय बिताउँथे । ‘फरक फरक रुची हुनु खुशी विवाहीत जीवनको राज हो,’ राजकुमारले एक पटक भनेका थिए ।

घोडा र कुकुरप्रति रानीको प्रेम प्रसिद्ध छ । उनी घोडाको हेरबिचार गर्नेसँग धेरै समय बिताउने गर्थिन् । प्रिन्स फिलिप जीवनकालमा एक उम्दा खेलाडी थिए । उनले पारिवारिक चालचलन र रितिरिवाजलाई निरन्तरता दिन निकै चासो देखाए ।

अन्तिम दिनहरुमा उनी अक्सर विन्डसर ग्रेटपार्क या स्यान्ड्रिघमको आसपास गाडी चलाइरहेको देखिन्थे ।

‘आफ्नो भागको थोरै काम गरेको’ भन्दै प्रिन्स फिलिप सन् २०१७ मा सार्वजनिक जीवनबाट सेवानिवृत्त भए । सामान्यतया राजकुमार सन् २०२० मार्चसम्म स्यान्ड्रिघाम स्टेटस्थित वुड फार्ममा नै देखिन्थे ।

‘एचएमएस बबल’

राजकुमार फिलिप यस्ता व्यक्ति थिए जसलाई कोलाहल मन पर्दैन थियो । उनी पढ्ने, लेख्ने र पेन्टिङ गरेर समय बिताउन मन पराउँथे ।

महारानी आफ्नो जिम्मेवारीका कारण लन्डन र विन्डसरमा बस्थिन् । उनीहरु नियमित सम्पर्कमै थिए, तर पनि शारीरिक रुपमा भने टाढा भएका थिए । कोभिड–१९ महामारीपछि भने दुबैजनालाई विन्डसर महलमा केही समर्पित कर्मचारीको रेखदेखमा राख्ने निर्णय गरियो, जसलाई एचएमएस बबल भनिन्छ ।

महामारीका कारण प्रिन्सको अन्तिम दिनहरुमा दुई जनाले लामो समयसँगै बिताए । सायद कैयौं ‘ऐतिहासिक’ क्षण स्मरण गर्न दुबैलाई आवश्यक समय मिल्यो होला ।

दुई जना ७० वर्षसम्म एक अर्कासँगै रहे । आगामी दिनमा महारानीलाई निश्चित रुपमा उनको कमी महसुस हुनेछ । कहिले पनि देखावटी र खुल्लम खुल्ला आफ्नो प्रेम व्यक्त नगर्ने यो शाही जोडीलाई सायद एक ‘अमर शाही प्रेमकथा’का रुपमा सम्झना गरिएला । बीबीसीबाट 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  ०५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC