बाह्रखरी
sticky  ncell
देश प्रतिक्रिया दिनुहोस्
दाङमा खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा एक जनाकाे मृत्यु
बाह्रखरी - आइतबार, चैत २९, २०७७
Laxmi Bank
Laxmi Bank

दाङ  । दाङको देउखुरीमा खाना पकाउने ग्यासकाे सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । विस्फाेटबाट दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ को खुरुरिया निवासी ६५ पर्षीया पर्शु नारायण चौधरी रहेको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए । 

"राप्ती गाउँपालिका वडा नम्बर ३ खुरुरिया देखि गढवा गाउँपालिका वडा नम्बर १ बडहरा जोड्ने झोलुङ्गे पुल निर्माण हुँदैछ, सोही पुल निर्माण गर्नका लागि कामदारहरुको क्याम्प साइड छ, कामदारहरुले मोबाईल चार्ज गर्न राखेको बेला तार सर्ट भएर आगलागी भएको घटनाको प्रकृतिले देखाएको छ ,“ प्रहरी निरीक्षक भट्टले भने ।

Rohto Landing

Agani Group

क्याम्पमा आगलागी भएपछि स्थानीय पर्शु नारायणले बाल्टिन बाट पानी लिएर आगो निभाउन जान लागेकाे थिए । साेही क्रममा विस्फाेट भएकाे ग्यासकाे टुक्रा लागेर  उनी गम्भीर घाइते भएका थिए । घाइते चाैधरीलाई उपचारका लागि सिसहनीयाँ लगिएको थियाे । त्यहाँ सामान्य उपचार भएपछि थप उपचारका लागि लमही अस्पताल पुर्‍याइएकाे थियो ।

उनलाई लमही अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घाेषणा गरेका थिए ।  चोटपछि समयमा नै उद्धार हुन नसकेपछि अत्याधिक रक्तस्राव भएर चाैधरीकाे ज्यान गएको लमही अस्पतालले जनाएकाे छ ।

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
आइतबार, चैत २९, २०७७ मा प्रकाशित
Dishhome
Dishhome
प्रतिक्रिया दिनुहोस्