site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कोभिडको दक्षिण अफ्रिकी भेरियन्टविरुद्ध फाइजरको खोप कम प्रभावकारी देखियाे : अध्ययन
Sarbottam CementSarbottam Cement

जेरुसेलम । कोरोनाविरुद्धका खोप फाइजर र बायोएनटेकको दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरसको भेरियन्टमा कम प्रभावकारिता देखिएको छ । इजरायलको सबैभन्दा ठूलो स्वास्थ्य सेवा प्रदायक क्लेट र तेल अभिभ युनिभर्सिटीले वास्तबिक विश्व तथ्यांकका आधारमा गरेको अध्ययनले यस्तो देखाएको हो ।

शनिबार सार्वजनिक गरिएको उक्त अध्ययनमा कोरोना संक्रमण भएको कम्तीमा १४ दिनपछि खोप लगाएका ४०० संक्रमितको तुलना खोप नलगाएका ४०० संक्रमितसँग गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

खोप नलगाएका भन्दा दुई डोज खोप लगाएका विरामीमा यो भेरियन्टको सर्ने दर ८ गुणा बढी रहेको देखिएको छ । यसले बेलायतमा देखिएको भेरियन्टको तुलनामा दक्षिण अफ्रिकी भेरियन्टविरुद्ध खोपको प्रभाव कम रहेको संकेत गर्छ ।

“खोप नलगाएकाहरूको तुलनामा दोस्रो डोज लिएकाहरूमा दक्षिण अफ्रिकी भेरियन्ट अनुपातहीन रूपले अधिक दरमा भेटियो । यसको मतलब दक्षिण अफ्रिकी भेरियन्ट खोपको सुरक्षा तोड्न केही हदसम्म सक्षम छ भन्ने हो,” तेल अभिभ युनिभर्सिटीकी एडि स्टर्नले भनिन् ।

Global Ime bank

यद्यपि इजरायलमा दक्षिण अफ्रिकी भेरियन्ट संक्रमित कम भएकाले अध्ययनमा थोरै नमुनाहरूको मात्र अध्ययन गरिएको अध्ययनकर्ताहरूले बताएका छन् । अध्ययनको उद्देश्य कुनै पनि भेरियन्टकोविरुद्ध खोपको प्रभावकारीता कम देखाउनु नभएको उनीहरूले स्पष्ट पारेका छन् ।

अप्रिल १ तारिखमा मात्र फाइजर र बायोएनटेक कम्पनीले परीक्षणको नयाँ तथ्यांकलाई उदृत गर्दै खोपको प्रभावकारिता ९१ प्रतिशत रहेको दाबी गरेका थिए ।

यसअघि भएका केही अध्ययनहरूले पनि यी कम्पनीको खोप अन्य भेरियन्टको तुलनामा दक्षिण अफ्रिकी भेरियन्टविरुद्ध कम प्रभावकारी रहेको देखाएका थिए । रोयटर्स

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  १८:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC