site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
जनकपुरधाम उद्योग वाणिज्य संघको मतगणनामा विवाद, प्रहरीद्वारा लाठीचार्ज
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचनमा मतदान भएकोभन्दा बढी मत उमेदवारको आएको भन्दै असन्तुष्ट पक्षले विरोध जनाएको छ । मतगणनास्थलमा असन्तुष्ट पक्षले प्रदर्शन गरेको हो ।

संघको निर्वाचनअन्तर्गत शनिबार जनकपुरधामस्थित गोपाल धर्मशालामा मतदान सम्पन्न भएको थियो । शनिबारै रातिदेखि मतगणना जारी छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पाँच हजार २७ मतदाता रहेकोमा चार हजार ३११ जनाले मतदान गरेका थिए । आइतबार बिहान १० बजेपछि वरिष्ठ उपाध्यक्ष पदको मतगणनाको क्रममा उमेदवार सुरेन्द्र भण्डारी पक्षधरले मतदानभन्दा बढी मत अर्का उमेदवारलाई आएको भन्दै प्रदर्शन गरेका हुन् । विवाद बढ्दै गएपछि मतगणनास्थल गोपाल धर्मशालामा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

असन्तुष्ट पक्षले टायर बालेर निर्वाचन समितिविरुद्ध प्रदर्शन गरेको थियो । प्रदर्शनकारीले चर्को नाराबाजी गर्दै ढुंगामुढासमेत गरे । प्रदर्शनकारीबाट ढुंगामुढा भएपछि प्रहरीले लाठीचार्ज गर्‍यो । लाठीचार्जबाट चारजना प्रदर्शनकारी सामान्य घाइते भएका जनाइएको छ ।

Global Ime bank

निर्वाचन समिति स्रोतका अनुसार मतगणनामा मनीषरमण साहले अग्रता लिएपछि प्रतिस्पर्धी उमेदवार भण्डारी पक्षले डेढ सय मत बढी भएको भन्दै विवाद सुरु भएको थियो । समितिका अनुसार विवादका कारण वरिष्ठ उपाध्यक्ष पदको मतगणना हाल अवरुद्ध छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  १७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC