खेल
काठमाडौं । इन्डिय प्रिमियर लिग (आईपीएल)अन्तर्गत आज सनराइजर्स हैदरावादले कोलकाता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्दै छ ।
एमए चिदाम्बारा मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयानुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।
डेभिड वार्नरको कप्तानीमा मैदान उत्रने हैदरावाद आजको खेलमा जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा हुनेछ ।
यस्तै, इयोन मार्गानको कप्तानीमा मैदान उत्रने कोलकाता पनि आजको खेलमा जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा हुनेछ । मोर्गानले गत सिजन अन्तिम समयमा कप्तानीको जिम्मेवारी पाएका थिए ।
प्रकाशित मिति: आइतबार, चैत २९, २०७७ १५:३३
प्रतिक्रिया दिनुहोस्