site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
आपूर्ति कटौतीको हल्लापछि बिटक्वाइनको मूल्य ६१ हजार डलर माथि
रोयर्टसबाट ।
Sarbottam CementSarbottam Cement

रोयटर्स । सप्ताहन्तमा ‘क्रिप्टोकरेन्सी’ बिटक्वाइनको मूल्यवृद्धि भएर पुनः ६१ हजार डलरमाथि पुगेको छ । आपूर्ति कम हुने खबरहरु सार्वजनिक भएपछि बिटक्वाइनको मूल्य शनिबार ६१ हजार २२२.२२ अमेरिकी डलर कायम भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

आइतबार बिटक्वाइन ५९ हजार ९०७ डलरमा कारोबार भएको थियो । गत वर्ष जनवरी ४ मा २७ हजार ७३४ डलरमा कारोबार भएको विटक्वाइनको मूल्य त्यसयता ११६ प्रतिशतले वृद्धि भइसकेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अमेरिकी राष्ट्रपति जो बाइडेनले १.९ ट्रिलियन डलरको आर्थिक सहायता प्याकेजमा हस्ताक्षर गरेपछि गएको मार्च १३ मा यसको मूल्य सर्वाधिक महँगो ६१ हजार ७८१.८३ कायम भएको थियो ।

हङकङस्थित डिजिटल एसेट कम्पनी डिजिनेक्सका सेल्स म्यानेजर जस्टिन डी एनिथानका अनुसार लगानीकर्ताको ध्यान सेयर बजार र अन्य क्रिप्टोकरेन्सीमा परेपछि पछिल्ला केही हप्तामा विटक्वाइनको मूल्य ५० हजार डलर आसपासमा झरेको थियो । माइनरहरुले नयाँ बिटक्वाइन तत्काल नबेच्ने बताएपछि शनिबार यसको मूल्यमा तीव्र वृद्धि भएको हो ।

Global Ime bank

लगानी र भुक्तानीका रुपमा मूलधारका कम्पनीले स्वीकार गरेपछि यो वर्ष विटक्वाइनको मूल्य असाधारण तरिकाले बढेको जानकारहरुको भनाइ छ । बीएनवाई मेलोन, ब्याकरक, मास्टर कार्डजस्ता फर्मको सहयोग र टेस्ला, माइक्रोस्ट्राटेजीलगायत ठूला कम्पनीको लगानीका कारण पनि तीव्र वृद्धि भएको हो ।

मोर्गन स्टानलीलगायत अमेरिकी बैंकले पनि वेल्थ म्यानेजमेन्ट क्लाइन्टलाई विटक्वाइनमा पहुँच दिने तयारी गरिरहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  १५:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC