site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोना दोस्रो लहरको जोखिम : बेवास्ता बढ्दो
१ नम्बर प्रदेशसभाअगाडि राखिएको तर प्रयोगविहीन अवस्थामा रहेको हात धुने ठाउँ । 
Sarbottam CementSarbottam Cement

विराटनगर । पानी भन्डारण गर्ने हिलटेक ट्यांकी खाली देखिन्छ । पानी आउने पाइप फुटेको छ । प्लास्टिकमा बेरिएको साबुन सुकेर चाउरी परेको छ । हात धुन प्रयोग हुने बेसिन र साबुन राख्ने ठाउँ माटो र पतिगंरले पुरिएको छ । धाराबाट पनि पानी चुहिँदैन बरु बुङबुङ्ती धुलो उड्छ ।

जिल्ला समन्वय समिति मोरङ र १ नम्बर प्रदेशसभा परिसरअगाडि जस्तै जिल्ला अदालत मोरङ तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वपट्टिको ट्यांकीको हालत पनि उस्तै देखिन्छ । विराटनगर महानगरपालिकानजिकै धात धुन बनाइएको ठाउँको हालत पनि खासै फरक छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

विराटनगरको भाटभटेनी सुपरमार्केट आउने उपभोक्तालाई हातमा स्यानिटाइजर दलेर प्रवेश गराउने नियम हटाइएको छ । दुई महिनाअघिसम्म कडिकडाउ रुपमा मास्क लगाउन लगाएको देखिन्थ्यो । स्यानिटाइजर छर्कने गरिन्थ्यो । सेन्ट्रल मलमा उपभोक्ताको हातमा स्यानिटाइजर छर्केर ज्वरो जाँच्न छाडिएको महिनौँ भइसक्यो ।

विराटनगरका सिनेमा हल र ठूला व्यापारिक प्रतिष्ठानमा समेत हिजोआज ज्वरो जाँद गरिँदैन । उपभोक्ता र सेवाग्राहीले सोझै प्रवेश पाउँछन् । हात धुन लगाउने र स्यानिटाइजर छर्कनेक्रम रोकिएको छ । मास्क लगाए/नलगाएको विषयमा खटिएका सुरक्षा गार्डले निगरानी गर्दैनन् । क्लिनिक र निजी अस्पतालमा मास्क नलगाएका सेवाग्राहीको भिड लाग्ने गरेको छ ।

Global Ime bank

कोरोना संक्रमणको दर बढेका बेला मानिसले पालना गर्नुपर्ने स्वास्थ्य सुरक्षाको मापदण्डप्रति बेवास्ता हुन थालेको कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दास बताउँछन् । उनले भने, “कोरोनाको महामारी हराएको होइन । बरु, दोस्रो लहर आउने जोखिम थप बढेको हो । तर, मानिसहरुले यसप्रति खासै चासो दिएको देखिँदैन । बारम्बार हात धुने, भिडमा नजाने र मास्क लगाउने बानी छाडनु हुँदैन ।”

भारतमा कोरोनाको दोस्रो लहर अधिक भइरहेको बेला नेपालतर्फ थप जोखिम रहेकोले सरकारले पछिल्लोपटक जारी गरेका स्वास्थ्यसम्बन्धी मापदण्डलाई पालना गर्नुपर्ने उनले बताए ।

१ नम्बर प्रदेशको राजधानी विराटनगरमा कोरोनाको दोस्रो लहर सुरु भएको संकेतहरुसमेत मिल्न थालेको स्वास्थ्यकर्मीले बताएका छन् । भारतसँग साइनो भएका र काम विशेषले उता गई आएकाहरुमा पछिल्लो संक्रमण देखिन सुरु भएको आंकलन गरिएको छ । पछिल्लो तीन दिनको तथ्यांकले पनि विराटनगरमा कोरोनाको संक्रमण विगतको प्रारम्भिक चरणजस्तै बढ्न थालेको पाइएको छ । सामाजिक विकास मन्त्रालयको तथ्यांकानुसार प्रदेशमा पछिल्लोपटक संक्रमण पुष्टि भएकाहरुमा सबैभन्दा धेरै संक्रमित विराटनगरभित्रैका छन् ।

विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्की कोरोनाको दोस्रो लहर अधिक गतिमा फैलने छिमेकी भारत र अन्य देशको अनुभवले समेत देखाएकोले सतर्क हुनुपर्ने बताउँछन् । उनले भने, “कोरोनाको नयाँ भेरिएन्ट्स धेरै चाँडो फैलने भएकोले जोखिम अझ धेरै छ । त्यही भएरु सतर्क हुन आवश्यक छ ।”  उनले कोरोनाको सावधानीपूवर्क मुकाबिला गर्न र बेवास्ता नगर्न सर्वसाधारणलाई आग्रह गरे ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  १५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC