site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
खोपको प्रभावकारिता कम भएको चिनियाँ अधिकारीको स्वीकारोक्ति
Sarbottam CementSarbottam Cement

बेइजिङ । चीनले बनाएको कोरोना भाइरसविरुद्धको खोप कम प्रभावकारी रहेको पाइएको चिनियाँ अधिकारीले बताएका छन् ।

शनिबार दक्षिण–पश्चिमी शहर चेङ्दुमा भएको सम्मेलनमा एक अधिकारीले यस्तो बताएका समाचार संस्था एपीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

चिनियाँ खोपको सुरक्षादर उच्च नभएको भन्दै चीनको रोग नियन्त्रण केन्द्रका निर्देशक गाओ फूले सुरक्षादर बढाउन खोपलाई मिसाउने तयारी भइरहेको जानकारी दिए ।

“प्रतिरक्षा बढाउन फरक प्रविधिबाट बनेका अन्य खोपको प्रयोग गर्ने वा नगर्ने औपचारिक निर्णय गर्ने विषय विचाराधिन छ,” निर्देशक गाओले भने ।

Global Ime bank

चिनियाँ कम्पनी सिनोभ्याकले बनाएको खोपको प्रभावकारिता ५०.४ प्रतिशत मात्र रहेको ब्राजिलमा गरिएको एक अध्ययनले देखाएको थियो । जबकी फाइजरको खोपको प्रभावकारिता ९७ प्रतिशत मानिएको छ ।

चीनमा अहिलेसम्म कुनै विदेशी खोपले प्रयोगको अनुमति पाएको छैन । गाओले यस विषयमा थप जानकारी नदिए पनि खोप उत्पादक पश्चिमा कम्पनीले प्रयोग गर्ने एम–आरएनए प्रविधिको उल्लेख गरेका समाचारमा जनाइएको छ ।

एम–आरएनए खोपको सुरक्षाका विषयमा यसअघि गाओ र चीनियाँ सञ्चारमाध्यमले प्रश्न उठाउँदै आएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  १४:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC