अर्थ व्यवसाय
काठमाडौं । अनलाइन बजार दराजले नयाँ वर्षको अवसर पारेर छुटैछुटको सेल योजना ल्याएको छ । यो अभियान चैत्र २९ देखि बैशाख ७ गतेसम्म चेल्ने जनाइएको छ ।
यस अभियानमा ४६,७२० पर्ने वल्पुल डबल डोर फ्रिज ३९ हजार, ६८,५९० पर्ने पानास निक फ्रन्ट लोड वाशिंग मेशीन ५८ हजार, डेल वोस्ट्रोआइ–थ्री ल्याप्टप ५४ हजारसहित घरायसी उपकरण, ग्याजेट, फेशन, किराना सामान खरिदमा पनि छुट रहेको कम्पनीले जनाएको छ ।
साथै पूर्व–भुक्तानी छुट, भाउचर, र सिमित उत्पादनमा निःशुल्क सिपिङमार्फत अधिक बचत पनि रहेको जनाइएको छ ।
प्रकाशित मिति: आइतबार, चैत २९, २०७७ १२:१७
प्रतिक्रिया दिनुहोस्