site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बार्सिलोनालाई हराउँदै रियल शीर्ष स्थानमा 
Ghorahi CementGhorahi Cement

काठमाडौं । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लेको छ ।  शनिबार राति भएको खेलमा रियलले बार्सिलोनामाथि २–१ गोलको जित निकालेको हो । 

घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन करिम बेन्जिमा र टोनी क्रुसले एक–एक गोल गरे । उता बार्सिलोनाका लागि मिनग्यूले एक गोल फर्काए । 

Agni Group

खेलको १३ औं मिनेटमा बेन्जिमाले गोल गर्दै टिमलाई अग्रता दिलाए । २८ औं मिनेटमा क्रुसले गोल गर्दै टिमलाई जिततर्फ लिए ।

उता बार्सिलोनाका लागि खेलको ६० औं मिनेटमा मिनग्यूले गोल गरे पनि टिमको हारलाई टार्न सकेनन् । 

Global Ime bank

जितसँगै रियलले लिगमा ३० खेलबाट ६६ अंक जोडेर आफूलाई शीर्ष स्थानमा स्थापित गरेको छ । पराजित बार्सिलोना ६५ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  ०९:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC