site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
शिखर र पृथ्वीको शानदार पारीमा दिल्लीको जित 
Ghorahi CementGhorahi Cement

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा दिल्ली क्यापिटल्सले सुखद सुरुआत गरेको छ । शनिबार भएको खेलमा दिल्लीले चेन्नेईले सुपर किङ्समाथि ७ विकेटको जित निकालेको हो । 

वानखाडे स्टेडियममा भएको खेलमा चेन्नईले दिएको १८९ रनको लक्ष्य दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १९० रन बनायो । दिल्लीलका लागि शिखर धावनले ८५ रनको अर्धशतकीय पारी खेले । ५४ बल खेलेका उनले १० चौका र २ छक्का प्रहार गरे ।

Agni Group

पृथ्वी श्वले ७२ रनको अर्धशतकीय पारी खेले । ३८ बल खेलेका उनले ९ चौका र ३ छक्का प्रहार गरे ।  दिल्लीका लागि कप्तान रिषव पन्तले १५ रन बनाउँदा मार्कुस स्टोइनिसले १४ रन बनाए । बलिङतर्फ चेन्नईका लागि शार्दुल ढाकुरले २ विकेट लिँदा डोनी ब्राभोले एक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको चेन्नेईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १८८ रन बनायो । चेन्नईका लागि सुरेश रैनाले ५४ रनको अर्धशतकिय इनिङ्स खेले । त्यस्तै साम कुरानले ३४ रन बनाए । 

Global Ime bank

चेन्नेईका लागि मोइन अलीले ३६, आम्बाती रायडुले २३ र रविन्द्र जडेजाले २६ रनको अविजित पारी खेले ।

दिल्लीका क्रिस वाक्स र अभेष खानले समान दुई/दुई विकेट लिए । त्यस्तै  रविचन्द्रन आश्विन र टोम कुरानले समान एक /एक विकेट लिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  ०६:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC